काठमाडौ ९ असार । कपिलवस्तु नगरपालिका–८ पश्चिम दोहनीस्थित सडकमा ना।५ त ३१४० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेर सोमबार बिहान भएको दुर्घटनामा ट्रयाक्टरमा सवार सोही नगरपालिका–८ पश्चिम बेलहवा बस्ने ४० वर्षीया दुर्गावती कोरी समेत २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।








प्रतिक्रिया दिनुहोस्