ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य प्रतिष्ठानमा योग्यताको आधारमा पदाधिकारी नियुक्ति गर्न डा. केसीको माग


abc news

काठमाडौ ९ असार । चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि संघर्ष गरिरहेका प्रा। डा। गोविन्द केसीले राजनीतिक भागबन्डाबाट शैक्षिक संस्थामा नेतृत्व चयन गर्ने परिपाटीको विरोध गर्दै योग्यताको आधारमा पदाधिकारी नियुक्ति गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार विज्ञप्तिमार्फत डा। केसीले भनेका छन्,‘योग्यताको आधारमा नभएर राजनीतिक भागबन्डामा शैक्षिक संस्थाहरूको नेतृत्व चयन गर्ने परिपाटी स्थापित भएयता शिक्षाको गुणस्तरमा ठूलो ह्रास आएको छ ।’

उनले विश्वविद्यालय तथा प्रतिष्ठानहरू रोजगारीका लागि अयोग्य र अदक्ष जनशक्ति उत्पादन गर्ने थलोमा परिणत भएको र राजनीतिक दलहरूले ती संस्थालाई कार्यकर्ता भर्ती र दोहन गर्ने केन्द्र बनाएको आरोप लगाएका छन् ।

डा। केसीले शैक्षिक संस्थाहरूमा पदाधिकारीहरूको चयन योग्यताका आधारमा हुने ऐनको लागि दुई दशकदेखि संघर्ष गरिरहेका छन् ।

सरकारले पटक(पटक ऐन शीघ्र ल्याउने र त्यतिन्जेलसम्म प्रस्तावित ऐनमा प्रावधान भए अनुरूप योग्यताको आधारमा पदाधिकारीहरू चयन गर्ने सम्झौता गर्दै आएको छ ।

तर स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खाली भएको उपकुलपति लगायतको पदमा राजनीतिक भागबन्डाबाट नियुक्त गरिने समाचारप्रति उनले गम्भीर आपत्ति जनाएका छन् ।

पदाधिकारी योग्यताको आधारमा चयन , पदाधिकारी नियुक्ति मापदण्ड लगायतका उच्च शिक्षा ऐन तुरुन्त पारित, चिकित्सा शिक्षा सम्बन्धी शिक्षण संस्था २०८५ देखि गैरनाफामूलक बनाउने र इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्न र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित गर्न डा। केसीले सरकारसँग माग राखेका छन् ।

डा। केसी भन्छन्, ‘हामीसँग भएका सम्झौताहरू शीघ्र कार्यान्वयन गर्न र हामीले विगतमा राखेका मागहरू पूरा गर्न नेपाल सरकारसँग अनुरोध गर्दछौं । अन्यथा, सत्याग्रह सहितका आन्दोलन सुरू गर्न बाध्य हुनेछौं ।’

डा। केसीले महत्त्वपूर्ण शैक्षिक नेतृत्वका पदहरू समयमा पदपूर्ति नगरी लामो समयसम्म खाली राखेर चाकडी र घूसखोरीको लिलाम बढाउने परम्पराको पनि विरोध गरेका छन् ।

नेपालको शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा सुधार तथा समतामूलक पहुँच, सुशासन र सामाजिक न्यायका लागि संघर्षरत डा। केसीले २२ औं पटक सत्याग्रह बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई दिने सुविधामा पुनर्विचार गर्दैछौँ – गृहमन्त्री

फिनल्यान्ड र आयरल्यान्डका लागि गैरआवासी राजदूत नियुक्त

च्यासलमा एमाले सचिवालय बैठक

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

वाइसिएललाई प्रचण्डको निर्देशन- तयार रहनू

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com