काठमाडौं/जनकपुर ५ माघ । जनकपुरको सभास्थल सोमबार केवल एक राजनीतिक कार्यक्रमको मञ्च मात्र रहेन । त्यो मञ्च भाषण, चेतावनी, भावुकता र आगामी सत्ता–राजनीतिको संकेतले भरिएको रणभूमिजस्तै बन्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणासभाले मधेशलाई केन्द्रमा राखेर ‘अबको नेतृत्व’ को बहसलाई एकैचोटि सतहमा ल्याइदियो । सभामा ...