नयाँ दिल्ली, २९ बैशाख । भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड–१९) को चिन्ताजनक नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरुपको भाइरसलाई ट्र्याक गर्न र यसलाई अझ राम्रोसँग बुझ्नका लागि आवश्यक पर्ने परीक्षण गर्नेतर्फ भारत निकै पछाडि छ । सोमबार, ...