ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपामा महन्थ ठाकुरको निष्कर्ष : नेकपाजस्तै हामी पनि आ–आफ्नो बाटो लागौँ


एबीसी / संवाददाता

काठमाडौं,  १७  असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीमा विवाद गरिराख्नुभन्दा आ–आफ्नो बाटो लाग्नु नै उपयुक्त हुने निष्कर्ष निकालेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी कार्यकारिणी समिति सदस्यका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर माओवादी केन्द्र र नेकपा एमाले आफ्नो बाटो लागेजस्तै जसपाबाट समाजवादी पार्टी र राजपा नेपाल पनि आ–आफ्नो बाटो लाग्नुपर्ने निष्कर्ष बैठकको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग काम गर्न नसकिने भएकाले पार्टीमा किचकिच गर्नुभन्दा राम्रोसँग सल्लाह गरेर अलग हुन उपयुक्त हुने अधिकांशको सदस्यको धारणा रहेको ती बैठकमा सहभागि एक नेताले बताउनुभयो ।

जसलाई जता मन लाग्छ, उता जान स्वतन्त्र छाडिदिनु पर्ने विषयमा पनि छलफलमा कुरा उठेको उहाँको भनाइ छ ।दुवै पक्षको बीचमा देखिएको विवादलाई समाधान गर्न आयोगले छलफलका लागि दुवै पक्षलाई असार २२ गते बोलाएको छ । त्यहाँ हुने छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुरको पक्षबाट यही प्रस्ताव जाने बताइएको छ ।

यता, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले भने बैठकमा निर्वाचन आयोगमा आफ्नो पक्षको रणनीति तय गर्ने बारे छलफल भएको बताउनुभयो । ‘पार्टीको विवादको बारेमा के गर्ने नगर्ने विषयमा आज छलफल भयो । आजको छलफल सामान्य र अनौपचारिक हो,’ उहाले भन्नुभयो, ‘पार्टीमा देखिएको विवादको समाधानका लागि आयोगले बोलाएको छ । त्यहाँ हुने छलफलबाट के निष्कर्ष निस्किन्छ त्यसैको आधारमा अगाडि बढ्ने कुराकानी भएको छ ।’ निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले निवेदन दिनुभएको छ। सो निवेदनबारे जानकारी गराउँदै आयोगले महन्थ ठाकुरलाई आफ्नो पक्षबाट प्रमाणहरू पेस गर्न पत्र पठाएको थियो । जवाफमा अध्यक्ष ठाकुरले आफ्नो पक्षमा बहुमत रहेको र बहुमतका आधारमा पार्टी आफूहरूको हुनुपर्ने तर्कसहित निर्वाचन आयोगमा पत्र पठाउनुभएको छ । दुवै पक्षको आ–आफ्नो दाबी गरेपछि आयोगले छलफलका लागि बोलाएको हो ।

सो छलफलमा पार्टी नै अलग गर्ने प्रस्ताव महन्थ ठाकुरबाट जाने बताइएको छ । असार २२ गते निर्वाचन आयोगमा जानुभन्दा पहिले शनिबार १९ गते पुनः कार्यकारिणी समितिको बैठक बोलाउने भनिएको छ । आजको बैठकमा पार्टीमा विवादपछि अर्का अध्यक्ष उपेन्द्र यादव भने एकतर्फी रूपमा सङ्गठन निर्माण गरिरहेको र त्यसमा आफ्ना पक्षका नेता तथा कार्यकर्ताहरूलाई निकालिरहेको कुरा अध्यक्ष ठाकुरले धारणा राख्नुभएको थियो । प्रदेश तथा जिल्लाहरूमा यादवले सङ्गठन निर्माणका कामहरू गरिरहेको तर त्यसमा पूर्वाग्रही ढङ्गबाट आफू पक्षका नेताहरूलाई कारबाही गर्ने र निकाल्ने भइरहेको जानकारी अध्यक्ष ठाकुरले बैठकलाई गराउनुभएको थियो ।

यादवको क्रियाकलापलाई काउन्टर दिन आफ्नो पक्षबाट पनि सङ्गठन निर्माणका लागि गतिविधिहरू गर्नुपर्ने कुरा बैठकमा उठेको थियो । यादवले जसरी एकतर्फी रूपमा यताबाट सङ्गठन निर्माणका लागि कार्यहरू गर्नुपर्ने बैठकमा सुझाव आएको बैठकमा सहभागी नेताको भनाइ छ ।

सुझाव अनुसार अध्यक्ष ठाकुरले एउटा कार्यदल नै गठन गर्ने प्रस्ताव गरेको बताइएको छ । शनिवार बस्ने बैठकबाट सङ्गठन निर्माण तथा सुदृढीकरणका लागि एउटा कार्यदल गठन गरिने भएको छ । हिजो बुधवार बसेको बैठकमा पनि कार्यकारिणी समितिका सदस्य राजकिशोर यादव, अमृता अग्रहरी उपस्थित हुनुभएको थिएनन् । उहाँहरूको प्रतीक्षामा १ बजे बस्ने भनिएको बैठक २ बजेपछि ढिलो गरी सुरु भएको थियो । ठाकुरले कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षका २० जना हटाएर आफ्नो तर्फबाट २० जना राखेका थिए । ती २० जनामध्ये धेरै जना आज बैठकमा अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com