ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे


एबीसी न्यूज
चैत्र १०, २०८२ मंगलबार  ४ : ०४ बजे

काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै स्पष्ट कार्यतालिका सार्वजनिक गरेका छन् ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिएको तालिकाअनुसार कांग्रेसले अब पूर्ण रूपमा महाधिवेशनकेन्द्रित गतिविधि अघि बढाउने भएको छ ।

गगन थापाद्वारा प्रस्तुत महाधिवेशन कार्यतालिका :

  • वैशाख १ देखि मसान्तसम्म : क्रियाशील सदस्यता नवीकरण र वितरण
  • असार १५ सम्म : क्रियाशील सदस्यता छानबिन
  • असार मसान्तसम्म : क्रियाशील सदस्यता वितरण
  • साउन ६ : वडा अधिवेशन
  • साउन १२ : गाउँपालिका/नगरपालिका अधिवेशन
  • साउन २३ : प्रदेशसभा क्षेत्र अधिवेशन
  • साउन ३० : प्रतिनिधिसभा क्षेत्र अधिवेशन
  • भदौ ४ र ५ : जिल्ला अधिवेशन
  • भदौ १५ र १६ : प्रदेश अधिवेशन
  • भदौ २८ देखि २९ : केन्द्रीय महाधिवेशन

सभापति थापाले बैठकमा भने, “मैले महाधिवेशनको गाडी हाँकेको छु । अब यो गाडी रोकिँदैन । विशेष महाधिवेशनमा को थिए, को थिएनन् भन्ने पुरानो विवाद बिर्सेर सबैलाई समेटेर अघि बढ्छु ।”

बैठकमा ५ मुख्य एजेण्डा

केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री प्रदीप पौडेलले निम्न ५ एजेण्डा प्रस्तुत गरेका छन् :

  1. समसामयिक संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन
  2. १५औँ महाधिवेशनको तयारी
  3. उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा
  4. प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन
  5. भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिको भूमिका

प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित सभापति गगन थापाले महाधिवेशनलाई केन्द्रमा राखेर पार्टी पंक्तिलाई एकजुट हुन आह्वान गरेका छन् ।

कांग्रेसले अब वैशाख १ बाट नै क्रियाशील सदस्यता नवीकरण अभियान सुरु गर्दै महाधिवेशनको रुटम्याप स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

ट्रम्प प्रशासनको नयाँ ‘गेम प्लान’ : इरानी सभामुख गालिबाफलाई अमेरिकी समर्थित नेता बनाउने तयारी !

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com