काठमाडौं, १७ असार । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकका केही नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको शर्माथांग, धाप र चौतारामा रहेको वर्षामापन केन्द्रले जिल्लामा मध्यमदेखि ठूलो पानी परेको मापन गरेको छ ।
अझै थप वर्षाको सम्भावना रहेकाले बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले मेलम्ची बजार लगायत तटीय क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ । गएको १ गते आएको बाढीले मेलम्ची लगायत हेलम्बु क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको थियो । अहिले पनि फेरि बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्