काठमाडौं १५ चैत । नेकपा माओवादी केन्द्र सहितको समाजवादी मोर्चाले शुक्रबार दिउँसो काठमाडौंमा प्रदर्शन र सभा गर्दैछ। त्यसका लागि काठमाडौंका विभिन्न क्षेत्रबाट र्याली निकालिने समाजवादी मोर्चाले जनाएको छ। रत्नपार्क(भद्रकाली जोड्ने मूल सडक छेकेर समाजवादी मोर्चाले मञ्च निर्माण गरेपछि त्यस क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाइएको ...