ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुठभेड हुन नदिन समाजवादी मोर्चाको र्‍याली रिङरोडभित्र र राजावादीको बाहिर


एबीसी न्यूज
चैत्र १५, २०८१ शुक्रबार   ८ : ११   बजे

काठमाडौं १५ चैत । चार दलीय समाजवादी मोर्चा र राजावादीले एकै दिन प्रदर्शन गर्ने भएपछि काठमाडौँमा सुरक्षाकर्मी थप गरिएको छ। दुई समूहले एकअर्काविरुद्ध नारा जुलुस गर्ने भएपछि प्रहरीले मुठभेड हुन नदिन सुरक्षा सतर्कता बढाएको हो।

भोलि शुक्रबारका लागि नियमित टोलीबाहेक ३ हजार ५ सय नेपाल प्रहरी र २ हजार सशस्त्र प्रहरी थप गरिएको छ। राजावादी र समाजवादीको मुठभेड हुन नदिन जिल्ला सुरक्षा समितिको बैठकले छुट्टाछुट्टै स्थानमा कार्यक्रमस्थल तोकेको छ। समाजवादी मोर्चाको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा र राजावादीको तीनकुनेमा कार्यक्रम हुने छ।

त्यहाँसम्म पुग्नका लागि पनि छुट्टाछुट्टै रुटको प्रयोग गराइने भएको छ। दुई टोली भेट हुन नदिनका लागि समाजवादी मोर्चाको रिङरोडभित्रबाट र्‍याली सुरु तय भएको छ। ४ दलका सबैतिरका र्‍याली रिङरोडभित्रबाट सुरु भएर प्रदर्शनीमार्गमा पुग्ने छन्।

हरेक टोलीलाई प्रहरीले एस्कोर्टिङसहित कार्यक्रमस्थलसम्म पुर्‍याउने छ। दुई टोली भेट हुन नदिनका लागि गस्ती र पेट्रोलिङ बढाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए।

‘त्यसका लागि नियमित ड्युटीको अलावा हामीले ३५ सयभन्दा बढी प्रहरी थप गरेका छौँ। त्यसमा सूचना संकलनका लागि सादा पोसाकका प्रहरीदेखि सडक यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरी पनि खटिन्छन्,’ एसएसपी खनालले नेपालखबरसँग भने, ‘सवारी जाम हुन सक्ने भएकाले डाइभर्सनको व्यवस्था मिलाइएको छ। अवस्था हेरेर तत्काल निर्णय हुन्छ।’

यस्तै सशस्त्र प्रहरीले पनि शुक्रबारको कार्यक्रमका लागि २ हजार जनशक्ति परिचालन गर्ने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए।

समाजवादी मोर्चाको र्‍याली काठमाडौँका ७ र ललितपुरको एक स्थानबाट सुरु हुनेछ। ललितपुरको कुपण्डोलबाट नेकपा माओवादी केन्द्रको र्‍याली सुरु हुनेछ। कुपण्डोलबाट थापाथली हुँदै त्रिपुरेश्वर पुगेर त्यहाँको पनि जुलुस मिसिने छ। त्यसपछि सुन्धारा, न्युरोड गेट, शान्तिवाटिका, पुरानो बसपार्क हुँदै मञ्चमा पुग्नेछ।

यस्तै माओवादी केन्द्रकै नेतृत्वमा बबरमहलबाट माइतीघर मण्डला थापाथली, त्रिपुरेश्वर, सहिदगेटबाट भद्रकाली हुँदै कार्यक्रमस्थलमा पुग्नेछ। नेकपा विप्लवको नेतृत्वमा सुन्धाराबाट र्‍याली हुनेछ। न्युरोड गेटबाट नेपाल समाजवादीको नेतृत्वमा, सोह्रखुट्टेबाट माओवादी केन्द्रको नेतृत्वमा तथा शान्तिवाटिका र मैतिदेवीबाट नेकपा ९एकीकृत समाजवादी० को नेतृत्वमा र्‍याली हुनेछ। कार्यक्रमस्थल पुग्नेबेलामा यी र्‍याली मिसिने छन्।

यस्तै राजावादीको र्‍याली पनि भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न स्थानबाट तीनकुने पुग्ने तय छ। उनीहरूका सबै र्‍याली रिङरोडबाटै कार्यक्रमस्थल पुग्नेछन्। रिङरोडभित्रबाट राजावादीको र्‍याली सुरु हुने छैन। उनीहरू रिङरोडमा जम्मा भएर मात्रै र्‍याली सुरु गर्ने छलफल भएको छ। प्रहरीले त्यहाँबाट एस्कोर्टिङसहित उनीहरूलाई पनि कार्यक्रमस्थल तीनकुने पुर्‍याउने भएको छ।

दुवै कार्यक्रम दिउँसो १२–१ बजेतिर सुरु हुने तय छ। जिल्ला सुरक्षा समितिले दुवै टोलीसँग यसअघि पटकपटक छलफल गरेर कार्यक्रम शान्तिपूर्ण रुपमा गर्न भनेको छ। दुवै टोलीले शान्तिपूर्ण र मर्यादित रुपमा कार्यक्रम गर्न सहमति जनाएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए।

दुवै कार्यक्रममा सुरक्षाका लागि एसपीको कमान्डमा टोली फिल्डमा खटिने छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहरा र कुलदीप चन्दले एक एक तिर फिल्ड कमान्ड गर्नेछन्।

काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीसहित सबै सुरक्षाकर्मीका काठमाडौँ प्रमुखहरूको कमान्ड सेन्टर भद्रकालीस्थित कार्यालयमा रहनेछ। त्यहाँबाट दुवैतिरको सुरक्षा अवस्थाको निरीक्षण हुने र आवश्यकता अनुसार थप टोली परिचालनको निर्देशन हुनेछ।

कार्यक्रमस्थलमा लठ्ठी लिएर आउन नपाइने, अवाञ्छित गतिविधि गर्न नपाउने, निषेधित क्षेत्र तोड्न नपाउने, तोकिएका रुट प्रयोग गर्ने र त्यसलाई अवज्ञा गरे प्रहरीले त्यही अनुसारको तयारी गरेको अधिकारीले बताए।

तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको पक्षमा प्रदर्शन हुनेछ। त्यहाँ राजावादी दलहरू पनि मिसिने भएका छन्।

प्रदर्शनीमार्गमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टीले गणतन्त्रको रक्षाका लागि प्रदर्शन गर्ने भनेका छन्। फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किंदा काठमाडौँबाट भव्य र्‍यालीसहित राजावादीले निर्मल निवास पुर्‍याएपछि दलहरू आक्रोशित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group