ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादी–गणतन्त्रवादी प्रदर्शनः काठमाडौंमा कति मान्छे उत्रिँदैछन् ? २५ सय बढी प्रहरी परिचालन


एबीसी न्यूज

काठमाडौं, १५ चैत्र । काठमाडौं उपत्यकामा आज गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् ।
गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।
राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ । समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्न लागेको जनाएको छ । यसैगरी राजावादीहरुले संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका छन् ।
दुवै पक्षको प्रदर्शन एकै समयमा प्रदर्शन हुन थालेपछि काठमाडौं उपत्यकाभर सुरक्षा सतर्कता बढाइएको छ । सुरक्षा सतर्कता अपनाउने क्रममा राजावादीहरुको समूहलाई चक्रपथ भन्दा भित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीहरुलाई काठमाडौं चक्रपथभित्र सीमित गर्ने गरी रणनीति तयार पारिएको छ ।
गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिने रणनीति अनुसार प्रदर्शन र सभा गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्रवादीहरुको नेतृत्व गरेको समाजवादी मोर्चालाई प्रदर्शनीमार्गमा र राजावादीहरुलाई तीनकुनेमा सभा गर्ने ठाउँ तोकिएको छ ।
आजको जुलुस र सभालाई दुवै पक्षले शक्ति प्रदर्शनको रुपमा लिएका छन् । त्यसैले सकेसम्म धेरै मानिस काठमाडौंमा उतार्ने उनीहरुको तयारी छ । त्यसैले उनीहरुले विभिन्न जिल्लाबाट बसमार्फत् आ–आफ्ना समर्थकहरु ओसारेका छन् । उनीहरु काठमाडौं आइसकेका छन् भने केही आउनेक्रममा छन् ।
समाजवादी मोर्चाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रका एक नेताका अनुसार प्रत्येक प्रदेश कमिटीहरुलाई १०–१० हजारको दरले समर्थक भेला पार्न भनिएको छ । त्यसैगरी जनवर्गीय संगठनहरुलाई पनि ३ देखि ५ हजार जनशक्ति उतार्न भनिएको छ ।
यसैगरी विप्लव नेतृत्वको नेकपा, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका पनि नेता–कार्यकर्ता र समर्थकहरु थपिँदा मानिसहरुको संख्या अझै बढ्ने अनुमान छ ।
कति मानिस उत्रिन्छन् भनेर अहिले नै भन्न त सकिँदैन तर माओवादी केन्द्र निकट कार्यकर्ताहरुले ‘भ्रष्टाचार र बेथितिका विरुद्ध डेढ लाख गणतन्त्रवादी एकै ठाउँ’ लेखिएको पोष्टर सामाजिक सन्जालमा सेयर गरिरहेको देखिन्छ ।
दुई फरक विचारधाराका समूहबीच एकैपटक प्रदर्शन हुने भएपछि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने निश्चित छ । साथै यो प्रदर्शनमा अप्रिय घटना हुने हो कि भन्ने आशंकाले राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा चासो समेत बढेको छ । नेपालस्थित अष्ट्रेलियन दूतावासले ठूलो राजनीतिक प्रदर्शन हुन लागेको भन्दै सतर्क रहन सूचना जारी गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले पनि विहीबार काठमाडौं उपत्यकाका प्रमुख दुई जिल्ला ललितपुर र काठमाडौंका प्रहरी प्रशासनका प्रमुखहरुलाई भेटेर सुरक्षा तयारीबारे चासो राखेको छ । साथै आयोगले सुरक्षा चुक हुन नदिन सचेत गराउँदै दुवै पक्षको प्रदर्शनलाई अनुगमन गर्न आफ्ना प्रतिनिधिहरु खटिने जानकारी पनि गराएको छ । प्रहरी प्रशासन भने जतिसुकै धेरै मानिसहरु भेला भए पनि सुरक्षा चुक हुन नदिने प्रयासमा जुटेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङका अनुसार सुरक्षाका लागि २५ सय प्रहरी शुक्रबारका लागि खटाइने छ । आवश्यकता अनुसार यसको संख्या समेत बढ्न सक्ने उनी बताउँछन् । ‘सुरक्षाबारे सम्पूर्ण तयारी गरिसकेका छौं । २५ सय बढी प्रहरी परिचालन हुन्छ । आवश्यकता देखियो भने त्योभन्दा बढी पनि परिचालन हुन सक्छन्’ उनी भन्छन् । सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन हुनेछन् । घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरुको पहिचान गर्न सादा पोशाकका प्रहरीले सहयोग गर्ने बताइएको छ ।
यता सशस्त्र प्रहरीले पनि सबै तयारी पूरा भइसकेको बताएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार भोलि १५ गते ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन हुन्छन् । न्यौपानेको भनाइलाई आधार मान्दा सशस्त्र प्रहरीमात्रै साढे १७ सय परिचालन हुने देखिन्छ । सशस्त्रको एक प्लाटुनमा ३५ जनाको फौज हुन्छ ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले पनि पछिल्लो राजनीतिक अवस्था र १५ चैतमा हुनसक्ने सम्भावित चुनौतीको विश्लेषण गरेको छ । त्यसैलाई आधार मान्दै सशस्त्र प्रहरीले आफ्नो सुरक्षा रणनीति बनाएको छ ।
प्रहरीको सहयोगीका रुपमा सशस्त्र प्रहरी खटिने भएकाले पहिलो भीड नियन्त्रणको पहिलो भूमिका प्रहरीले निभाउने छ । यसका लागि सूचना संकलनको रुपमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को टोली पनि खटिने छ ।
राजावादीहरुको भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने छ ।
अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिलबाट हुँदै तीनकुने आउने छ । यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी अर्को रुट तय गरिएको छ ।
यसैगरी कलंकीतर्फबाट निस्किने जुलुस पनि बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने आउने छ ।
यता समाजवादी मोर्चाको जुलुस भने रिङरोडभित्रभित्रै भृकुटीमण्डप पुग्नेछ । बबरमहल–माइतीघर, कुपन्डोल–थापाथली, सोह्रखुट्टे–पकनाजोलबाट जुलुस निस्केर भृकुटीमण्डप भेला हुने बताइएको छ ।
समाजवादी मोर्चाले रिङरोड भित्रबाट जुलुस निकालेर भृकुटीमण्डमा पुग्ने र प्रसाईं समूह रिङरोड भित्रै प्रवेश नगर्ने भएकाले जम्काभेट र मुठभेडको स्थिति नआउने बुझाइ सुरक्षा अधिकारीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com