काठमाण्डौ । नेकपा एमालेका तर्फबाट देशको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका नागरिकले राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा कुराकानी गर्दै पूर्वसभामुखले आफू निर्वाचित भएमा सडकमा ...