काठमाडौं । सत्ता साझेदार आठ दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन र प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाबारे छलफल गर्न आठ दलका शीर्ष नेताहरु बैठकमा जुटेका हुन् ।
आठ दलको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेललाई अघि सारिएको छ । त्यस्तै, एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्