काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै राष्ट्रपतिलाई भेट्ने जानकारी दिएका छन् ।
माओवादी आन्दोलनका सम्बन्धमा केही निर्णय गराएर प्रधानमन्त्रीले राष्टपतिसँग भेट्न खोजेका हुन्
नेपालमा गणतन्त्र स्थापना गरेको शक्ति छिन्न भिन्न हुँदा प्रतिक्रियावादी तत्व सल्बलाएको भन्दै उनले पूर्वमाओवादीका सबै घटकलाई मिल्न अपिल गरे ।
शहीद तथा बेपत्ता योद्धा र सन्तती फाउण्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तनको विरोधमा केही भूतप्रेत निस्कन लागेको आरोप लगाएका हुन् । ‘हामी विभाजित हुँदा प्रतिक्रियावादीहरू सल्बलाउन थाले, सबै भंगाला एक ठाउँमा भयौँ भने एउटा ताकत बन्छ’, प्रचण्डले भने ।
सिंहदरबारमा पुगेर माओवादी जनयुद्धसम्बन्धी केही निर्णय गराएर आजै राष्ट्रपतिलाई भेटन जाने भन्दै प्रचण्ड १ बजे कार्यक्रमबाट बाहिरिएका छन् ।







प्रतिक्रिया दिनुहोस्