ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो


एबीसी न्यूज
बैशाख २९, २०८३ मंगलबार  ८ : २२ बजे

काठमाडौं, २९ वैशाख । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने २७ जना घाइते भएका छन् ।

सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीले बताए ।घटनामा मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१९ बस्ने ७८ वर्षीया राममाया बस्नेत, ७८ वर्षीया विन्दु कुँवर, पर्वत जिल्लाको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी र मोदी गाउँपालिका–५ का बसचालक ४५ वर्षीय रमेश जिसी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिए ।घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । अर्घाखाँची अस्पतालका घाइते पनि उपचारका लागि भैरहवा मेडिकल कलेज पठइएको छ ।

घटनामा अधिकांश मोदी गाउँपालिका पर्वतका मानिसहरू परेको प्रहरीको भनाइ छ ।सुपा देउराली दर्शन गरी पर्वत फर्किदै गरेको पर्वतको ध१ख ५०४ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसीले जानकारी दिए ।प्रारम्भिक जानकारीअनुसार गाडीको ‘ब्रेक फेल’ भएर दुर्घटना भएको र बस सडकबाट जङ्गलमा लगभग १०० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।घटनास्थलमा प्रमुख जिसीको कमान्डमा खटिएको प्रहरीको टोली र स्थानीयले उद्धार गरेको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सरकार सुधारको बाटोमा ः अधिवक्ता चौलागाई भिडियो

सम्बन्धित

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

राष्ट्रिय सभामा काँग्रेसको प्रश्नः प्रधानमन्त्रीले अपनत्व नै नलिएको नीति तथा कार्यक्रममाथि छलफल किन गर्ने ?

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्

सरकारलाई सांसद अधिकारीको प्रश्तावः विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाऔं

कार्यालयमै प्रहरी पुगेर व्यवसायीलाई मन्त्रालय लैजानु अस्वभाविकः व्यवसायी शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com