रोल्पा, ८ पुस । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गत शुक्रबार सल्यानमा भएको बस दुर्घटनामा परी दिवङ्गत भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । रोल्पा प्राविधिक शिक्षालयमा आज आयोजित शोकसभामा सभामुख महराले मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उपचारमा यथोचित व्यवस्था ...