ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


admin

काठमाडौं, ७ पुस । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३१ स्थित सडकमा बा७६प ६९०० नंको मोटरसाइकल र बा ३९ प ४३९९ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बा७६प ६९०० नम्बरको मोटरसाइकल चालक स्वयम्भू चौमती बस्ने २१ वर्षीय सुरज महर्जनको सिभिल अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार सोही स्थान बस्ने १९ वर्षीया रुकसाना श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बा३९प ४३९९ नंको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–४ टुँडालदेवीस्थित आकाशगङ्गा कृषि सहकारी संस्थाबाट करीब रु पाँच लाख ९१ हजार चोरी भएको छ । काठमाडौँ महानगरपालिका–१६ माछापोखरी कुमारीस्थान डेरा गरी बस्ने नुवाकोटका केशव बराल र धादिङ छत्रेदेउरालीका अर्जुन रिजालको डेराबाट शुक्रबार करीब रु सात लाख २३ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै काठमाडौं महानगरपालिका–१८ नरदेवी डेरा गरी बस्ने काभ्रेकी सुस्मिता श्रेष्ठको कोठाबाट गरगहना र नगदसहित करीब रु एक लाख बढीको धनमाल चोरी भएको र संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com