ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


admin
पुस ७, २०७५ शनिबार  ७ : १९ बजे

काठमाडौं, ७ पुस । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३१ स्थित सडकमा बा७६प ६९०० नंको मोटरसाइकल र बा ३९ प ४३९९ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बा७६प ६९०० नम्बरको मोटरसाइकल चालक स्वयम्भू चौमती बस्ने २१ वर्षीय सुरज महर्जनको सिभिल अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार सोही स्थान बस्ने १९ वर्षीया रुकसाना श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बा३९प ४३९९ नंको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–४ टुँडालदेवीस्थित आकाशगङ्गा कृषि सहकारी संस्थाबाट करीब रु पाँच लाख ९१ हजार चोरी भएको छ । काठमाडौँ महानगरपालिका–१६ माछापोखरी कुमारीस्थान डेरा गरी बस्ने नुवाकोटका केशव बराल र धादिङ छत्रेदेउरालीका अर्जुन रिजालको डेराबाट शुक्रबार करीब रु सात लाख २३ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै काठमाडौं महानगरपालिका–१८ नरदेवी डेरा गरी बस्ने काभ्रेकी सुस्मिता श्रेष्ठको कोठाबाट गरगहना र नगदसहित करीब रु एक लाख बढीको धनमाल चोरी भएको र संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com