ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन


एबीसी न्यूज
बैशाख १६, २०८३ बुधबार  ४ : ३० बजे

काठमाडौं, १६ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई जिम्मेवार, संयमित र सेवामुखी बन्न स्पष्ट सन्देश दिएका छन्। संसदीय दलको अनौपचारिक बैठकमा उनले “रास्वपा मालिक बन्न खोज्नेका लागि नभई सेवक र सहजकर्ताका लागि हो” भन्दै सांसदहरूको भूमिका र आचरणबारे १२ बुँदे निर्देशन सार्वजनिक गरेका हुन्।

प्रवक्ता मनिष झाका अनुसार लामिछानेले सांसद र मन्त्रीबीच नियमित मन्त्रालयगत अन्तरक्रिया गर्नुपर्ने, सरकार परिवर्तनसँगै सार्वजनिक सेवा र सत्ताको संस्कार पनि परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। उनले सांसदहरूको मुख्य प्राथमिकता कानून निर्माण भएको उल्लेख गर्दै त्यस क्रममा व्यक्तिगत प्रभाव जमाउने वा ‘कानून नै बन्न खोज्ने’ प्रवृत्तिबाट टाढा रहन चेतावनी दिएका छन्।

लामिछानेले ‘हेल्लो सरकार’लाई अझ प्रभावकारी बनाउने, गुनासो व्यवस्थापनलाई ट्र्याकिङ प्रणालीमार्फत पारदर्शी बनाउने काम भइरहेको जानकारी पनि दिए। साथै, अन्तर्जातीय विवाहका नाममा हुने विभेद र हिंसा रोक्न पहल गर्न निर्देशन दिँदै घटनास्थलमा सांसदहरूले मर्यादा नबिर्सन आग्रह गरे।

खाडी क्षेत्रमा देखिएको द्वन्द्वले बजार मूल्यमा पारेको असरबारे सरकार गम्भीर रहेको उनले बताए। संगठन निर्माणमा सक्रिय हुन, सबै तहमा समन्वय गर्न र जिम्मेवारीपूर्वक काम गर्न सांसदहरूलाई आग्रह गरिएको छ।

सुकुम्बासी व्यवस्थापनबारे उनले सरकार संवेदनशील रहेको स्पष्ट पार्दै जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया जारी रहेको बताए। यसका लागि विशेष आयोग गठन गरी छिटो काम अघि बढाइने र कसैलाई घरबारविहीन हुन नदिइने प्रतिबद्धता व्यक्त गरे। “गास, बास, कपास र रोजगारीको जिम्मेवारी सरकार लिन्छ,” उनले भने।

अध्यादेशबारे बोल्दै लामिछानेले विगतका गलत नियुक्ति र दलीयकरण सुधार्न आवश्यक कदमका रूपमा हालको अभ्यास भएको बताए। उनले यसलाई कसैलाई लक्षित गरेर ल्याइएको नभई सुधारमुखी कदम भएको जिकिर गरे।

संवैधानिक आयोगहरूमा रिक्त पदका कारण निर्णय प्रक्रिया प्रभावित भएको उल्लेख गर्दै उनले सक्रियता र “नम्र राजनीतिक आक्रामकता” आवश्यक रहेको धारणा राखे। साथै, सांसदहरूलाई नियमित छलफलमा सहभागी हुन, समस्या भए लिखित रूपमा राख्न र पार्टीमा अवसर पाउन पहिले काम गरेर प्रमाणित गर्न निर्देशन दिएका छन्।

लामिछानेको यो निर्देशनलाई रास्वपाभित्र अनुशासन, पारदर्शिता र सेवा-केन्द्रित राजनीतिक संस्कार स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ।

१) सांसद र मन्त्री बीच निश्चित समय अन्तरालमा मन्त्रालयको सचिव सहितको मन्त्रालयगत अन्तरक्रिया गरिनेछ।

२) सरकार फेरियो अब सत्ता र सार्वजनिक सेवाको संस्कार फेरिन आवश्यक छ। यो अबको महत्त्वपूर्ण प्राथमिकता हो।

३) “मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी हैन। यो दल सेवक र सहजकर्ताहरूको लागि हो।”

४) हेल्लो सरकारलाई अझै बढी प्रभावकारी बनाउने र गुनासो वारे हुदै गरेको काम कारवाही वारे अवस्था ट्रयाक गर्न मिल्ने हुने गरि काम हुँदैछ।

५) सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ तर प्रमुख प्राथमिकता भनेको कानुन बनाउने हो। तर त्यो क्रममा आफै कानून बन्न खोज्ने हैन।

६) अन्तर्जातीय विवाहको बहानामा समाजमा हुदै आएको विभेद र दुर्घटना रोक्न आवश्यक छ, यसको लागि पहल गर्न निर्देशन। तर, घटनास्थलमा भावुक भएर सासंदले आफ्नो मर्यादा बिर्सन हुँदैन।

७) खाडी द्वन्द्वले बजार मुल्यमा परेको असर वारे सरकार जानकार छ, ध्यान पुगेको छ। हामी गम्भीर हुदै काम गर्दैछौ।

८) संगठन निर्माणमा सबै आफ्नो तहबाट जिम्मेवारीपुर्वक लाग्न सबैलाई अनुरोध छ।

९) जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ। लगत सङ्कलन र ब्यबस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दैछ। कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ। ढलको छेउमा,बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थान वारे चिन्ता छ र सबैको भविष्य वारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो।

देशैभरी रहेको यस्तो समस्यालाई एक विशेष आयोग बनाएर शिघ्र काम गरिने छ। तर यो क्रममा सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन। सरकारले घरबार बिहिन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ। सरकारले कोही सुकुम्बासीहरूलाई घरबार बिहिन हुन दिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य छ। तर अनावश्यक राजनीतिकरण गर्नु हुँदैन। कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर “भोट बैंक” को राजनीति गर्नु गलत हो।

१०) अध्यादेशको वारेमा: विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याए सम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पुरा गर्न सकिँदैन। पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दु:ख दिन वा कसैलाई सुविधा दिन हैन यो आवश्यक सुधारको लागि हो। यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो।

कानुन, राजनीतिक ब्यबहार र लोकतान्त्रिक पद्धति प्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुरा को सुचक संसदिय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँछ। विगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समिति सभापति बनेको धेरै उदाहरण छ। हामी त्यो सच्याउन चाहन्थ्यौँ, ईमानदार भएर बढ्यौ।

११) कैयौ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन। धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन। जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ।

१२) नियमित छलफल हुनेछ, जनप्रतिनिधिको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै असम्जस वा कठिनाइ भए म आवश्यक सहजीकरणको लागि सधैँ उपलब्ध छु। सधैँ बैठक कुरेर पनि नबस्न र लिखित रूपमा आफ्नो कुरा राख्न अनुरोध छ। पार्टीमा कोही आउन इच्छुक हुनुहुन्छ भने स्वागत छ तर संगठनमा आएर खटेर प्रमाणित गरेर मात्र अवसरको अपेक्षा राख्न अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाधिवेशनको दिशामा नेकपा ःसांसद, मल्ल, नेकपा , भिडियो

प्रधानमन्त्रीको भारत भ्रमण ः सीमाविद् , श्रेष्ठ भिडियो

सम्बन्धित

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

संसद् छलेर ल्याइएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी चार दलको आग्रह

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

पनामामाथि चिनियाँ दबाबको विरुद्ध अमेरिका र पाँच ल्याटिन अमेरिकी राष्ट्रहरूको साझा मोर्चा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com