ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा


एबीसी न्यूज
बैशाख १६, २०८३ बुधबार  ३ : १० बजे

काठमाडौं, १६ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अध्यादेश कुनै दल फुटाउन वा विपक्षीलाई लक्षित गर्न नल्याइएको स्पष्ट पारेको छ। विगतमा यस प्रकारको अभ्यास रहेको बताउँदै रास्वपाले कसैलाई सुविधाका लागि भन्दा पनि सुधारका लागि अध्यादेश ल्याएको बताएको हो।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सांसदहरूको अनौपचारिक बैठकपछि पार्टी प्रवक्ता मनिष झाले जानकारी दिँदै सुधारका लागि अध्यादेश आवश्यक रहेको निष्कर्ष निकालिएको बताए।

बैठकमा नेताहरूले विगतमा अनावश्यक दलीयकरण र गलत नियुक्तिहरूले राज्य संरचनामा समस्या सिर्जना गरेको भन्दै ती विषय नसच्याएसम्म जनअपेक्षा पूरा गर्न कठिन हुने धारणा राखेका थिए। रास्वपाले विगतमा अध्यादेशलाई दल फुटाउने वा राजनीतिक प्रतिशोधका लागि प्रयोग गरिएको आरोप लगाउँदै वर्तमान अभ्यास त्यसबाट भिन्न रहेको दाबी गरेको छ।

पार्टीका अनुसार अहिलेको अध्यादेश कसैलाई पीडा दिन वा विशेष सुविधा दिन नभई प्रणालीगत सुधारका लागि ल्याइएको हो। संवैधानिक आयोग तथा विभिन्न निकायमा लामो समयदेखि खाली रहेका पदहरूका कारण निर्णय प्रक्रियामा समस्या आएको र कतिपय अवस्थामा कार्यवाहक नेतृत्वले सम्झौतामै काम चलाउनुपरेको अवस्थासमेत उल्लेख गरिएको छ। रास्वपाले जनअपेक्षा अनुसार काम गर्न राजनीतिक सक्रियता र नम्र तर प्रभावकारी राजनीतिक आक्रामकता आवश्यक रहेको निष्कर्षसमेत निकालेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाधिवेशनको दिशामा नेकपा ःसांसद, मल्ल, नेकपा , भिडियो

प्रधानमन्त्रीको भारत भ्रमण ः सीमाविद् , श्रेष्ठ भिडियो

सम्बन्धित

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

संसद् छलेर ल्याइएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी चार दलको आग्रह

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

पनामामाथि चिनियाँ दबाबको विरुद्ध अमेरिका र पाँच ल्याटिन अमेरिकी राष्ट्रहरूको साझा मोर्चा

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com