ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले जनताको विश्वास गुम्न दिनुहुँदैन : पूर्व उपराष्ट्रपति झा


admin

 काठमाडौं, ७ पुस । पूर्वउपराष्ट्रपति परमानन्द झाले अहिलेको सरकारले जनताको विश्वास गुम्न दिन नदिने बताउनुभएको छ ।

नागरिक एकता समाजको आज भएको ११औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले वर्तमान सरकारले जनताको भलाइका लागि काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले केपी ओली नेतृत्वको सरकार बलियो भएको उल्लेख गर्दै अझै जनताको विश्वास नगुमेको बताउनुभयो । कार्यक्रममा उहाँले विभिन्न प्रतिभालाई सम्मान गर्न सके उनीहरुको प्रतिभा बाहिर आउन सघाउ पुग्नेमा जोड दिनुभयो ।

सो अवसरका पूर्वउपप्रधानमन्त्री सिपी मैनालीले अन्य क्षेत्रमा भन्दा आर्थिक समृद्धिका लागि काम गर्नु आवश्यक रहेको बताउनुभयो ।

“नेपालका थुप्रै सक्षम जनशक्तिलाई स्वदेशभित्र ल्याएर रोजगारीका अवसर दिन सके देश समृद्धितर्फ जान सक्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा विभिन्न विधाका २६ जना व्यक्तिलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा सञ्चारतर्फ रेडियो नेपालका यशोदा अधिकारी, शिक्षातर्फ आस्था विद्या मन्दिर काठमाडौँका प्रधानाध्यापक शेरबहादुर पौडेल, आर्थिक विकास सेवातर्फ ज्योति विकास बैंकका मनोज ज्ञवाली, ब्रिटिस गोर्खा सेभिङ एण्ड क्रेडिटका जनम लामा लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com