ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेश फिर्ता लिन बारको माग, भन्यो- संविधानवाद प्रतिकूल कार्य


एबीसी न्यूज
बैशाख १६, २०८३ बुधबार   ८ : २२   बजे

काठमाडौं, १६ वैशाख । नेपाल बार एसोसिएसनले अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार बारका महासचिव केदारप्रसाद कोइरालाले प्रेस विज्ञप्ति जारी गरी संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याउन कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ। बारले भनेको छ, ‘संघीय संसद्को बैठकलाई स्थगित गरी नेपाल सरकारबाट सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रस्तुत गरिएको भनिएका अध्यादेशका सम्बन्धमा नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ।’ संसदीय प्रक्रियाद्वारा अनुप्राणित कानुन मात्र सर्वस्वीकार्य हुने बारले जनाएको छ।

‘जनविश्वास प्राप्त एवं सार्वभौमसत्ता प्रयोगको स्थल संघीय संसद् एवं संसदीय प्रक्रियाद्वारा अनुप्राणित कानुन मात्र सर्वस्वीकार्य र दीर्घकालीन हुने कुरामा यस एसोसएिसन विश्वस्त छ,’ विज्ञप्तिमा भनिएको छ। संसद्लाई छलेर ल्याइने अध्यादेशले संविधानको मर्ममाथि प्रहार गर्ने र स्व्ेच्छातारितालाई बढावा दिने बारको ठम्याइ छ। ‘अपवादको रुपमा अस्थायी तवरबाट प्रयोग हुने अध्यादेशको दुर्लभ अभ्यासलाई नियमित संसद् अधिवेशन आह्वान भइसकेपछि पुनःस्थगित गरी जनप्रतिनिधिमूलक संस्था संघीय संसद्लाई छली अध्यादेश जारी गर्ने कार्यले संसदीय अभ्यास र संविधानको मर्ममाथि प्रहार गरी स्वेच्छाचारितालाई बढावा दिने हुन्छ,’ बारले भनेको छ। बारले तत्काल अध्यादेश फिर्ता लिन आग्रह गरेको छ। बारले भनेको छ, ‘यस्ता कार्य संविधानवाद प्रतिकूल छ। अतः उक्त अध्यादेशलाई तत्काल फिर्ता लिन नेपाल सरकारसमक्ष माग गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

आइभोरी कोस्टको नाटकीय जित, अतिरिक्त समयमा डियालो बने नायक

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

विश्वकपको पहिलो खेलमै जर्मनीको ७–१ को प्रभावशाली जित, तर सानो टापु राष्ट्रको ऐतिहासिक गोलले सबैको मन जित्यो

अन्तिम समयमा जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group