ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा स्थायी कमिटी बैठक :अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल सकियो


admin
पुस ८, २०७५ आईतबार  २ : १७ बजे

काठमाडौं,८ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि सदस्यले धारणा राख्ने क्रम सकिएको छ ।

आजको बैठकमा धारणा राख्न बाँकी प्रदिप ज्ञवालीले आफ्नो धारणा राखेपछि बोल्ने क्रम सकिएको नेकपाले जनाएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा नेताहरुले बोल्ने क्रम सकिएपछि अध्यक्षद्धयले अपरान्ह ४ बजे जवाफ दिने कार्यक्रम छ ।

आज विहानको बैठकमा समय अभावका कारण अध्यक्षद्धयले धारणा राख्न नसकेपछि बैठक आजै दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

हिजोको बैठकमा वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनालले पार्टी र सरकार सञ्चालनको विषयमा प्रश्न उठाउनुभएको थियो । छलफलका क्रममा उठेका प्रश्नको जवाफ अध्यक्षद्वयले अर्को बैठकमा मात्र दिनुहुनेछ ।

नेकपाको स्थायी समिति बैठकमा एसिया प्यासिफिक समिटिमा सरकारको सहभागिताको विषयलाई लिएर नेतृत्वको बढी आलोचना भएको छ ।

यस्तै भ्रष्टाचार नियन्त्रण, जनअपेक्षा अनुसारका काम नभएकोप्रती पनि नेताहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । अध्यक्षद्वयको प्रतिवेदनमा रहेका कमी कमजोरी सच्याउँदै सदस्यले दिएका सुझाव जोडेर पार्टीलाई गतिशील बनाउनुपर्ने स्थायी समिति सदस्यले बताएका छन् ।

गत शनिबारबाट सुरु भएको स्थायी समिति बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि गत सोमबारबाट छलफल सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com