काठमाडौ, बैशाख ९ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले देशको अर्थतन्त्र बलियो बनाउन करको दर घटाउनुपर्ने बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले करको दर घटाएर करको दायरा बढाउनु पर्ने उनको भनाई छ । उच्च करका कारण नागरिकस्तरमा निरासा पैदा भएको उनले बताए । करकै कारण लगानीकर्ताहरु निरुत्साहित भएको र करको बोझ तत्काल घटाउनु पर्ने उनको भनाई छ । अर्थतन्त्र चलाएमान बनाउन धेरै मानिसबाट थोरै दरमा कर उठाउने नीति उपयुक्त हुने उनको तर्क छ ।









प्रतिक्रिया दिनुहोस्