ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काङ्ग्रेस विधानको प्रस्तावनामा सुवर्णको नाम


admin
पुस ८, २०७५ आईतबार  २ : २५ बजे

 काठमाडौं,८ पुस । नेपाली काङ्ग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्णशम्शेर राणाको नाम राखेको छ । काठमाडौँमा जारी काङ्ग्रेसको महासमिति बैठकमा पेश भएको विधान मस्यौदाको प्रस्तावनामा संस्थापक नेता सुवर्णको नाम थप गरिएको पार्टीको विधान संशोधन मस्यौदा समितिका सदस्य एवं दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।

प्रस्तावनामा “…नेपाली काङ्ग्रेसका नेता सुवर्णशम्शेर राणाको नेतृत्वको सरकारले सम्पन्न गरेको विसं २०१५ को प्रथम संसदीय आमनिर्वाचनमा दुई तिहाइभन्दा बढी मतबाट विजयी भई सरकार गठन गर्ने सुअवसर प्राप्त…” वाक्य थप गरिएको छ ।

‘नेपाली काङ्ग्रेसको विधान, २०१७’ मा हालसम्म (विसं २०७२ फागुन २३ गते गरिएको आठौँ संशोधनसम्म) पार्टीका संस्थापक तथा अग्रज नेता बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नाम मात्र उल्लेख गरी उहाँहरूको योगदानबारे चर्चा गरिएको थियो ।

पार्टीको स्थापनाकालदेखि नै जहानियाँ राणा शासनविरुद्ध सशस्त्र युद्धको नेतृत्व गर्नाका साथै पार्टीलाई आर्थिकरूपमा भरमग्दुर सहयोग गर्नुभएका संस्थापक नेता सुवर्णको नाम उल्लेख थिएन ।

यद्यपि पार्टीका अधिकांश सभा, सम्मेलन र कार्यक्रममा संस्थापक भनेर नेता शम्शेरको नाम उल्लेख गरिन्छ र उहाँका योगदानलाई पनि सम्झिइन्छ ।

मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न काङ्ग्रेसले गत भदौ ७ गते महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । गत मङ्सिर २९ गतेदेखि आजसम्म चल्ने महासमिति बैठकमा पार्टीको केन्द्रीय समिति बैठकबाट सर्वसम्मतले पारित विधान मस्यौदा शनिबार प्रस्तुत भएको थियो । उक्त विधान मस्यौदासहित अन्य सबै प्रतिवेदन बैठकले आज पारित गर्ने र त्यसपछि लागू हुनेछन् ।

तत्कालीन अन्योलपूर्ण राजनीतिक अवस्थामा नेता सुवर्ण नेतृत्वको सरकारले नै २०१५ सालमा मुलुकमा पहिलो संसदीय निर्वाचन सम्पन्न गरेको थियो । सो निर्वाचनमा काङ्ग्रेसले दुई तिहाइभन्दा बढी बहुमत प्राप्त गरी बिपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

त्यस्तै प्रस्तावनामा “नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा दोस्रो संविधानसभाबाट विसं २०७२ मा बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरी जारी गरेको ऐतिहासिक कृतिमानप्रति गर्व गर्दै” वाक्य थप गरिएको छ ।

प्रस्तावनामा “पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा स्थानीय, प्रदेश र सङ्घीय तीनै तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण तवरले सम्पन्न गरी नागरिकका आकाङ्क्षाअनुरुप बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गरेको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै” पनि थप गरिएको नेता बडूले बताउनुभयो ।

विसं २००३ माघ १२ गते गठन भएको नेपाली राष्ट्रिय काङ्ग्रेस र २००५ साल साउनमा गठन भएको नेपाल प्रजातन्त्र काङ्ग्रेसको एकीकरणपछि २००६ सालमा नेपाली काङ्ग्रेसको स्थापना हुँदासम्म नेता सुवर्णले योगदान गर्नुभएको काङ्ग्रेसको इतिहासमा उल्लेख छ ।

विसं २००३ मा स्थापित राष्ट्रिय काङ्ग्रेसले जहानियाँ राणा शासनविरुद्ध अहिंसात्मक आन्दोलन थालेको थियो ।

आन्दोलन प्रभावकारी नहुँदा नेता सुवर्ण अधिनायकवादी सरकारविरुद्ध सशस्त्र आन्दोलन नगरेसम्म सफल नहुने भन्दै प्रजातन्त्र काङ्ग्रेस स्थापनामा लाग्नुभएको थियो । सोही अनुसार पछि दुवै काङ्ग्रेसको एकीकरण र सशस्त्र युद्धले मात्र राणाशासन अन्त भई प्रजातन्त्रको स्थापना भएको हो ।

नेता सुवर्णले २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक सरकार विघटन गरेपछि बिपी, गणेशमान र भट्टराईलगायत प्रमुख नेता जेलमा हुँदा राजाको उक्त कदमविरुद्ध बाहिर बसेर निरन्तर आन्दोलनको नेतृत्व गर्नुभयो ।

त्यस बारेमा बिपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा धेरै कुरा उल्लेख गरी सुवर्णको भूमिकाको प्रशंसा गर्नुभएको छ । उहाँको २०३४ सालमा निधन भएको थियो ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा नेता सुवर्ण प्रवासमा जाँदा उहाँको कतिपय जग्गा जमीन तत्कालीन सरकारले हड्पेको थियो । केही सम्पत्तिपछि राष्ट्रियकरण गरियो । हालको नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री निवास र प्रधानन्याधीशको निवास रहेको जग्गा एवम् घर उहाँकै थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com