ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलामाथि हुने हिंसा न्यूनीकरणमा सबै लाग्नुपर्छ– मन्त्री थापा


एबीसी न्यूज
भाद्र १, २०७६ आईतबार  ८ : ०८ बजे

काठमाडौं, १ भाद्र । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला तथा बालबालिकामाथि समाजमा हुने हिंसा न्यूनीकरणमा सबै लाग्नुपर्र्ने बताउनुभएको छ ।

नयाँ बसपार्क क्षेत्रमा पाँच वर्षदेखि महिला हक अधिकारको क्षेत्रमा काम गर्दै आएको ‘महिला उपकार समाज सुधार मञ्च’को पाँचौँ साधारणसभाको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले बसपार्क क्षेत्रमा महिला तथा बालबालिकामाथि हिंसा बढी हुने भएकाले यसलाई रोक्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो । “मुलुकको ७७ वटै जिल्लाका नागरिक जमघट हुने क्षेत्र बसपार्क हो, यस क्षेत्रमा विभिन्न बहानामा महिला तथा बालबालिकामाथि हिंसा भइरहेको छ, यसलाई रोक्न महिला नै जागरुक हुनुपर्छ”, मन्त्री थापाले भन्नुभयो । उहाँले गरीबी, बेरोजगारी र अशिक्षाका कारण महिला यौन व्यवसायमा लाग्न बाध्य हुनु परेको र यसलाई रोक्न सरकारले विशेष कार्यक्रम अगाडि सारेको बताउनुभयो । सरकारले महिला हिंसाविरुद्धको अभियानका रुपमा यो वर्षलाई मनाउन लागेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन महानगरपालिका लागिपरेको बताउनुभयो । उहाँले महिलाको क्षमता विकास र उनीहरुको समस्या समाधानका लागि वडामा आएर छलफल र सल्लाह गर्न सबैलाई आग्रह गर्नुभयो । टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले नागरिकको सोचाइमा परिवर्तन नभएसम्म महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न नसकिने बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सबैले सकारात्मक सोच राखे मात्र बसपार्क क्षेत्रभित्र हुने विकृति–विसङ्गतिको अन्त्य हुने बताउनुभयो । जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शैलेश कार्की, काठमाडौँ होटेल व्यवसायी सङ्घका अध्यक्ष पदम लिम्बू, नेपाल होटेल व्यवसायी सङ्घका अध्यक्ष दीपेन सुवेदी, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख फणीन्द्र प्रसाईं लगायतले बसपार्कभित्र देखिएका विकृति अन्त्य गर्न व्यवसायी नै लाग्नुपर्नेमा जोड दिनुभयो । विसं २०७२ भदौ २७ गते स्थापना भएको मञ्चले बसपार्कभित्रका विकृति अन्त्य गर्नाका साथै महिला हकहितका लागि काम गर्दै आएको अध्यक्ष लक्ष्मी भण्डारी ओलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

बनेपामा मनाइयो २५०० वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

आईपीएल क्रिकेटमा गुजरात र हैदराबादको जित

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com