ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्रीले भने – आर्थिक विकास गुणात्मक रुपमा अगाडि बड्छ


admin
असार १९, २०७४ सोमबार  ३ : ५० बजे

काठमाडौँ, १९ असार । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विद्युत् आपूर्तिमा आएको सुधार र कृषि उत्पादनमा भएको बढोत्तरीका कारण मुलुकको आर्थिक विकास गुणात्मक रुपमा अगाडि बढ्ने बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘आर्थिक वर्ष २०७४÷७५ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफमा उहाँले चालु आवमा देखिएको आर्थिक सुधार आगामी आवमा समेत निरन्तर कायम रहने उल्लेख गर्नुभयो ।

सरकारले आव २०७४÷७५ मा स्थानीय निकायलाई अधिकार सम्पन्न गराउने, दिगो विकासका लक्ष्य हासिल गर्दै मुलुकलाई सन् २०२२ सम्म विकासोन्मुख मुलुकका रुपमा स्तरोन्नति गरिने स्पष्ट पार्नुभयो ।

यस्तै बजेटमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थामासमेत विशेष ध्यान दिइएको जानकारी दिँदै उहाँले भूकम्पपीडितलाई दिइने राहत तथा अनुदानमा विशेष जोड दिने, विकास निर्माणमा खर्च बढाएर पुँजी विस्तारमा विशेष ध्यान दिइएको धारणा व्यक्त गर्नुभयो ।

अर्थमन्त्री कार्कीले आफ्नो गाउँ तथा नगरपालिकामा गएको बजेट आफैँ हेर्न सक्ने, खर्च गर्न सक्ने अधिकारसमेत स्थानीय तहमा रहेको स्पष्ट गर्नुभयो ।

सङ्घीयताको कार्यान्वयन गर्दै प्रत्येक नागरिकले आफ्नो गाउँ नगरमा नै सिंहदरबार रहेको अनुभव गर्ने गरी व्यवस्था गरिएको, विशेष अनुदानको व्यवस्था गरिएको, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा विशेष व्यवस्था गरिएको र पर्याप्त स्रोत तथा साधनको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

कुल बजेटको १९ प्रतिशत बजेट राष्ट्रिय गौरवको आयोजनामा विनियोजन गरिएको स्पष्ट पार्दै अर्थमन्त्री कार्कीले अब कार्यक्रम स्वीकृत गर्न राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालय धाउनुपर्ने अवस्था अन्त्य गरिएको, बजेट कार्यान्वयनका लागि समयबद्ध व्यवस्था गरिएको, गरिबी न्यूनीकरण र लैङ्गिक उत्तरदायी बजेटको व्यवस्था गरिएको बताउनुभयो ।

बजेटको आकार ठूलो भएको भन्ने सांसदहरुको प्रश्न जायज भए पनि आर्थिक वृद्धिको लक्ष्यसमेत सात दशमलव दुई प्रतिशत राखिएकाले त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

स्थानीय तहमा आर्थिक विकास, भूकम्पपछिको पुनःनिर्माणले गति लिने, कृषि क्षेत्रमा उच्च प्राथमिकता दिइएको, ऊर्जा क्षेत्रमा भएको विकासले औद्योगिक क्षमतामा विकास हुने भएकाले प्रक्षेपित आर्थिक वृद्धिदर हासिल हुने मन्त्री कार्कीको भनाई थियो ।

बजेटको प्रभावकारी कार्यान्वयनका लागि सांसद सरोकार भएका निकाय एवम् सम्बद्ध सबै पक्षको सहयोगको अपेक्षा पनि उहाँले गर्नुभयो ।

सांसद सुरेन्द्र पाण्डेले ठूलो आकारको बजेट प्रस्तुत भएको र त्यसले १३ वटा प्राथमिकता निर्धारण गरे पनि कार्यान्वयन जटिल रहेको बताउँदै स्थानीय तहमा विनियोजित बजेट अपर्याप्त भएको टिप्पणी गर्नुभयो ।

सांसद पर्शुराम तामाङले स्थानीय तहमा विनियोजन गरिएको बजेटकोे शीर्षक छुट्याएर त्यहाँ व्याप्त अन्योल अन्त्य गर्न सरकारसँग माग गर्नुभयो ।

यस्तै सांसद गीता क्षेत्रीले बजेटको समर्थन गर्दै भविष्यका निम्ति पनि बजेट विनियोजन गर्नुपर्ने र प्रतिफल प्राप्त हुने स्थानमा लगानीको व्यवस्थासमेत बजेटमा हुनुपथ्र्यो भन्नुभयो ।

सांसद प्रेम सुवालले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनजस्ता क्षेत्रमा पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै उद्योग र सार्वजनिक संस्थानलाई धराशयी बनाउने प्रयास भएकामा रोष प्रकट गर्नुभयो ।

सांसद जनकराज जोशीले आगामी आवमा सङ्कलन गर्ने राजस्व लक्ष्य महत्वकाङ्क्षी भएको, निर्वाचन क्षेत्र पूर्वाधार निर्माणका लागि सांसदका नाममा जाने रकमको वैधानिकता आगामी माघ ७ गतेपछि नहुने बताउनुभयो ।

यस्तै सांसदहरु काशीनाथ अधिकारी, श्यामकुमार श्रेष्ठ, मीना पुन, भरतबहादुर खड्का, भरतकुमार शाह पृथक् ढङ्गले बजेट आएकाले नकारात्मक सोच नराखी निर्धारित कार्यक्रम कार्यान्वयनमा सबैले सघाउनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com