ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७ नम्बर प्रदेशको विकासका लागि बजेट वृद्धि गरिने : प्रधानमन्त्री


admin
असार १९, २०७४ सोमबार  ३ : ३४ बजे
deuba

धनगढी, १९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले बाटो, बिजुली, सिँचाइलगायतका पूर्वाधार पर्याप्त रुपमा जुटाउन सके विकास र समृद्धि हासिल हुने बताउनुभएको छ ।

आज यहाँ आयोजित प्रदेश नं ७ सुदूरपश्चिमको सामाजिक आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारीसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सुदूरपश्चिम विकास परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले ७ नं प्रदेशको विकासका लागि बजेट वृद्धि गरिने बताउनुभयो ।

देउवाले भन्नुभयो – “सुदूरपश्चिमको विकासका पूर्वाधार तयार गर्न विशेष कार्यक्रम ल्याइनेछ ।”

अहिलेसम्म भएका पूर्वाधारसँगै थप विकासका लागि सरकारले आवश्यक गृहकार्य गर्ने पनि प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो – “किसानले उत्पादन गरेको कृषि उपज सहज रुपमा बजारसम्म पु¥याउन सडक निर्माणलाई प्राथमिकता दिइनेछ ।”

सुदूरपश्चिम प्राकृतिक साधन स्रोतले सम्पन्न भएकाले त्यसको सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो – “प्राकृतिक साधन स्रोतको योजनाबद्ध रुपमा व्यवस्थापन गरी अगाडि बढ्ने काम हुनेछ । यसले रोजगारीका अवसर सिर्जना गर्नेछ ।”

उहाँले भन्नुभयो – “हिमाली क्षेत्रका दुर्लभ जडीबुटी र वन सम्पदाको सही सदुपयोग गर्न सकियो भने पनि यो क्षेत्रबाट युवाको पलायन रोकिने छ ।”

जलस्रोतको अपार सम्भावना रहेको ७ नं प्रदेशमा पश्चिमसेती, पञ्चेश्वरजस्ता बृहत्तर विकास परियोजनालाई अगाडि बढाउन सरकारले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

पञ्चेश्वर र पश्चिमसेतीजस्ता जलविद्युत् आयोजना सरकारको प्राथमिकतामा रहेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो – “संविधान कार्यान्वयनसँगै अब सुदूरपश्चिममा मात्र नभई समग्र देशको विकासले गति लिनेछ ।

पूर्व मन्त्री एवम् नेकपा ९माओवादी केन्द्र०का नेता लेखराज भट्टले ७ नं प्रदेश विकासका दृष्टिमा पछि पर्नुको कारण खोजी गरी विकास गर्ने संस्कृतिको पनि विकास गर्नु जरुरी देखिएको बताउनुभयो ।

सुदूरपश्चिम विकास आयोगका अध्यक्ष डा प्रभु बुढाथोकीले समृद्ध सुदूरपश्चिम बनाउने मिसनमा आयोग लागिरहेको बताउनुभयो । उहाँले उपलब्ध साधन स्रोतलाई आर्थिक विकासमा प्रयोग गर्न सकिए ७ नं प्रदेश समृद्धितर्फ उन्मुख हुने बताउनुभयो ।

नेपाल व्यवस्थापन सङ्घ सुदूरपश्चिम च्याप्टरका सभापति डा पदमराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, सङ्घका केन्द्रीय अध्यक्ष सुशील भट्ट, डा हेमराज पन्तलगायतले विकासका लागि गर्नुपर्ने कामका बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको चिनारी देख्न र जान्न सकिने गरी तयार पारिएको ‘मोबाइल एप्स’को शुभारम्भ पनि गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीलाई आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

विकासका दृष्टिकोणले अन्य क्षेत्रको तुलनामा पछाडि परेको प्रदेश नं ७ को एकीकृत विकासको मार्गचित्र बनाउने उद्देश्यले यो गोष्ठीको आयोजना गरिएको हो ।

दुईदिने सो गोष्ठीमा प्रदेश नं ७ मा जन्मथलो भई राजधानी र देशका अन्य भागमा बसोबास गरिरहेकाहरु राजनीतिक दलका नेता, नागरिक समाज, बुद्धिजीवी, पूर्व विशिष्ट कर्मचारी, प्राध्यापकलगायतको सहभागिता रहेको छ ।

नेपाल व्यवस्थापन सङ्घका अध्यक्ष तथा कार्यक्रमका संयोजक धर्मानन्द अवस्थीले बृहद् छलफलमा ७ नं प्रदेशको एकीकृत विकासका लागि प्रारम्भिक खाका तयार गरिने बताउनुभयो ।

सुदूरपश्चिमको विकासका लागि योजना निर्माण, सामाजिक विकास र सुशासन, मानव विकास, भौतिक पूर्वाधार विकास, जलस्रोतको एकीकृत विकास, आर्थिक क्षेत्र विकास, स्वास्थ्य सरसफाइ, खानेपानी तथा कृषि, सामाजिक सुरक्षा, पर्यटन विकास र त्यसको अवधारणाका विषयमा गहन छलफल हुने कार्यक्रम संयोजक अवस्थीले बताउनुभयो ।

सुदूरपश्चिम सरोकार मञ्च, नेपाल व्यवस्थापन सङ्घ सुदूरपश्चिम च्याप्टर र सुदूरपश्चिम विकास आयोगको संयुक्त आयोजनामा उक्त बृहद् छलफल हुन लागेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com