ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपाका सांसद महतोको सरकारलाई कडा प्रश्न – भाङ खाएर नीति तथा कार्यक्रम लेखेको हो ?


admin

काठमाडौं,२२ बैशाख । राष्ट्रिय जनता पार्टीले संविधानमा विमति नरहेको भन्ने सरकारको भनाई प्रति गम्भीर आपत्ती जनाएको छ ।

आईतबार देखि सुरु भएको सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुदै राजपाका सांसद राजेन्द्र महतोले नीति तथा कार्यक्रममा ‘अब संविधान प्रति बिमति नरहेको’ भनी लेखिएकोमा गम्भीर आपत्ती र असहमति जनाउनुभएको हो ।

संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमति नरहेको भन्ने नीति तथा कार्यक्रममा उल्लेखित ७ नम्बर बुँदाप्रति उहाँले गम्भीर आपत्ती जनाउनुभयो । उहाँले भन्नुभयो “कसरी विमति छैन हो ? यो कहिले देखि विमति भएन ? कसरी लेख्यो यो नीति कार्यक्रम ? आधा निन्द्रामा लेख्या हो कि कसो हो ? प्रधानमन्त्री जी हुनुहुन्न ।

यो संविधानमा विमति छैन रे ? भो अब ? अहिले नि हाम्रो पार्टीको माननिय लक्षमण लालकर्ण जी ले भन्नु भएको होइन । पचासौ पटक यो हाउसमा हामीले नै विमति देखाएको । उहाँ प्रचण्डजी बस्नुभएको छ सभामुख महोदय, त्यो संविधानमा नोट अफ डिसेन्ट लेखेर विमति जनाउने उहाँ सरकारी पक्ष नै हो फेरी नीति कार्यक्रममा कसरी विमति छैन भनेर लेख्दिनुभो ? ”

संविधानप्रति व्यापक असन्तुष्ठी रहेको र विमति रहेको स्पष्ट हुँदा हुदै संविधानप्रति अब विमति छैन भनि लेखिएको भन्दै उहाँले आक्रोश पोख्नुभयो । यसबाठ संविधान नै संसोधन नगर्ने मनस्थितिका सरकार छ भन्ने सन्देश दिएको भन्दै उहाँले त्यसलाई आफुहरुले स्वीकार गर्न नसक्ने बताउनुभयो । उहाँले “भाङ खाएर नीति तथा कार्यक्रम लेख्या हो र ?” भनी प्रश्न गर्नुभयो । उहाँले संविधानलाई सर्वस्वीकार्य रहेको भन्दै सरकारले संशोधनलाई अस्वीकार गर्न नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “जब जब बाईबल, कुरान, गीता,महाभारत संविधानलाई बनाईन्छ नि तब त्यो संविधान गईजान्छ । बाई बाई भईजान्छ । ” उहाँले सरकारले जनतालाई गुमराहमा राख्ने काम गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो “नीति तथा कार्यक्रम झुटको खेती जस्तै छ । सफेद झुट भन्छ नि सफेद झुट । जनताको अधिकार माथि दिन दहाडै डकैती । जनतालाई ढांट्ने । जनतालाई गुमराह गर्ने । ”उहाँले शाही सम्बोधनको शैलीमा सरकारको नीति तथा कार्यक्रम आएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com