ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो


एबीसी न्यूज
बैशाख १०, २०८३ बिहीबार   ५ : २१   बजे

काठमाडौं , १० वैशाख । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमा सर्वोच्च अदालतले सरकार र महान्यायाधिवक्ता कडेललाई छलफलमा झिकाएको छ ।

कडेललाई पदमुक्त गर्न ‘अधिकारपृच्छा’को आदेश माग गर्दै दायर रिटमाथिको सुनुवाइपछि न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बिहीबार (वैशाख १०) उक्त आदेश दिएको हो । उक्त प्रकरणमा सर्वोच्चले सरकारसँग कारणसहितको लिखित जवाफ माग गरेको छ ।

गत चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त कडेलको योग्यतामाथि संवैधानिक र कानुनी प्रश्न उठाउँदै अधिवक्ता माधब कुमार बस्नेत, दीपकराज जोशी, सिराज बराललगायतले बुधबार (वैशाख ९) भिन्नाभिन्नै तीनवटा रिट दायर गरेका थिए । सर्वोच्चले उक्त प्रकरणमा विपक्षी बनाइएका राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री बालेन्द्र शाह, महान्यायाधिवक्ता कडेलसहितका विपक्षीलाई अन्तरिम आदेशको छलफलमा झिकाएको हो । अब सर्वोच्चको संयुक्त इजलासमा दुवै पक्षको छलफलपछि पदीय हैषियतमा कामकारबाहीमाथि रोक लगाउन अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयको निप्टारा हुनेछ ।संविधानको धारा १५७ (३्) तथा १२९ (५) अनुसार आवश्यक पर्ने निरन्तर १५ वर्ष वकालतको अनुभव नरहेको लगायत दाबी रिटमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

नेकपाले संसद्‌मा भन्यो– सीमाका विषयमा नेपाली यसरी कहिल्यै विभाजित भएका थिएनौं

खुश्बुले बलात्कार र ज्यान मार्ने धम्की आयो भनेलगत्तै गृहमन्त्रीले गरे छलफल

बालेनलाई बादलको प्रश्नः राष्ट्रिय आत्मसमर्पण हो कि ? राष्ट्र स्वाभिमान ?

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group