ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेन सरकारले उल्ट्यायो ओली सरकारको निर्णय, एकेडेमीको जग्गा प्रहरीलाई नै फिर्ता


एबीसी न्यूज
बैशाख १०, २०८३ बिहीबार   ५ : ३२   बजे

काठमाडौं , १० वैशाख । बालेन्द्र शाह नेतृत्वको सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपतिको कार्यालयमा हस्तान्तरण गर्ने केपी शर्मा ओली नेतृत्वको सरकारको आठ वर्षअघिको निर्णय उल्ट्याएको छ। अब उक्त जग्गा पुनः प्रहरी प्रशिक्षण प्रतिष्ठानकै प्रयोगमा रहनेछ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै २०७५ भदौ १ को निर्णय संशोधन गरिएको जानकारी दिए। उक्त निर्णयअनुसार एक सय चौध रोपनी तीन आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा सार्ने व्यवस्था गरिएको थियो।यसअघि केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७५ भदौ २१ मा राष्ट्रपतिको कार्यालय परिसर विस्तारका लागि प्रहरी प्रशिक्षण प्रतिष्ठान हटाउने निर्णय गरेको थियो।

त्यही आधारमा गृह मन्त्रालयले २०७८ फागुन ८ मा प्रहरी एकेडेमीभित्र भइरहेको निर्माण कार्य रोक्न निर्देशन दिएको थियो। त्यसपछि भवन विस्तार, मर्मतसम्भारलगायतका काम अवरुद्ध हुँदै आएका थिए। भूकम्पपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसमेत लामो समयदेखि अलपत्र रह्यो। प्रहरी अधिकृत र पूर्वमहानिरीक्षकहरूले उक्त निर्णयको विरोध गर्दै आएका थिए।

२०७८ साउन २० मा १५ जना पूर्वआईजीपीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएर निर्णय खारेज गर्न माग गरेका थिए।

ओली सरकारको योजना अनुसार प्रहरी एकेडेमीलाई काभ्रेको पनौतीमा सार्ने प्रस्ताव गरिएको थियो। तर त्यहाँ आवश्यक पूर्वाधार तयार नभएकाले अस्थायी संरचना निर्माण मात्र सुरु गरिएको थियो।

इतिहासअनुसार २०१२ सालमा नेपाल प्रहरी गठन हुँदा महाराजगञ्जमै तालिम सञ्चालन गरिएको थियो। अहिलेको निर्णयसँगै सो ऐतिहासिक स्थलमा प्रहरी प्रशिक्षण पुनः निरन्तर रहने भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

आइभोरी कोस्टको नाटकीय जित, अतिरिक्त समयमा डियालो बने नायक

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group