काठमाडौं ,२१ बैशाख । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुवै पार्टीको केन्द्रीय समितिको बैठक बसेर सहमति अनुमोदनपछि बैशाख २३ गते नयाँ पार्टी घोषणा गरिने बताइएको छ ।
एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै अध्यक्ष हुनेछन् ।
संघीय परिषद्को अध्यक्षता डा. भट्टराई र केन्ऽीय समितिको अध्यक्षता यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् । अन्तिम सहमतिका लागि दुवै पक्षको बैठक नयाँ शक्तिको पार्टी कार्यालय बबरमहलमा बसेको थियो।
प्रतिक्रिया दिनुहोस्