ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभिलेखालय सार्दा बहुमूल्य हस्तलिखित ग्रन्थ जोगाउन नसकिने समस्या


admin
आश्विन २३, २०७४ सोमबार   १२ : ५२   बजे

काठमाडौँ, २३ असोज ।  सिंहदरबार परिसरबाट राष्ट्रिय अभिलेखालय सार्ने निर्णय भएपछि ५० हजार हस्तलिखित बहुमूल्य ग्रन्थ जोगाउन नसकिने भएको छ ।

मन्त्रिपरिषद्को २०७१ वैशाख २५ गतेको बैठकले अभिलेखालयले चर्चेको १३ रोपनी जग्गा सर्वोच्च अदालतलाई दिने निर्णय गरेको थियो । अभिलेखालयलाई नारायणहिटीमा जग्गा दिने निर्णय गरिए पनि मन्त्रिपरिषद्को २०७१ साउन २२ गतेको बैठकले अन्यत्रै दिने निर्णय गरे पनि ठाउँ तोकेको छैन ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अभिलेखालय सार्नुपरे हस्तलिखित बहुमूल्य हजारौँ सामग्री नाश हुने अभिलेखालय प्रमुख सौभाग्य प्रधानाङ्ग बताउनुहुन्छ । पुरातात्विक महत्वका बहुमूल्य सामग्री संरक्षणकै लागि भारत सरकारको सहयोगमा अभिलेखालयको यो भवन निर्माण भएको हो ।

अभिलेखालयको मूल भवन पछाडिको माइक्रोफिल्म भवन जर्मन सरकारको सहयोगमा बनेको हो । “दाता राष्ट्रले पुरातात्विक सामग्रीको महत्व बुझेर संरक्षणका लागि सहयोग गरेकामा नेपाल सरकारले यसको मूल्य विचार नगरी बहुमूल्य सामग्री नष्ट हुन दिनुहुन्न”, उहाँले भन्नुभयो ।

सिंहदरबारमा सुरक्षाको दृष्टि र सबैलाई पायक पर्ने कारणले उचित स्थानमा अभिलेखालय रहेकाले हटाउन नहुने प्रमुख प्रधानाङ्गको माग छ । दुवै भवन भूकम्प प्रतिरोधी भएकाले २०७२ वैशाख १२ गतेको भूकम्पले समेत कुनै क्षति पुगेन ।

बहुमूल्य सामग्री संरक्षणका लागि वातानुकूलित कोठामा यन्त्र जडान गरिएकाले कार्यालय सार्दा खर्चका साथै जग्गा पनि बढी लाग्छ । यसैगरी कार्यालयमा खर्च जुटाएर सुरक्षा घण्टीसमेत राखिएको छ ।

विसं २०२४ असोज १७ गते वीर पुस्तकालयमा सुरक्षित हस्तलिखित बहुमूल्य पुस्तक संरक्षण गर्ने उद्देश्यले अभिलेखालयको स्थापना भएको थियो ।

अभिलेखालयमा १३औँ शताब्दीको ‘कारण्य वियोग’, ‘स्कन्द पुराण’, ‘सत्धर्म कुण्डलिका’, जयस्थिति मल्लको पालाको ‘न्यायविकासिनी’, लालमोहर, सन्धिपत्र, इस्तिहार, चिठी जस्ता बहुमूल्य सामग्री राखिएको अभिलेख अधिकृत मनिता न्यौपानेले बताउनुभयो ।

हस्तलिखित ग्रन्थ संस्कृत, नेवारी, मैथिली, हिन्दी, तिब्बतीयन र केही बंगाली भाषाका पनि सक्कली छन् । अभिलेखालयमा दुई लाख ग्रन्थको माइक्रोफिल्म गरेर राखिएको छ ।

अभिलेखालयमा संग्रह गरिएको नवौँ शताब्दीको शैव धर्मको हस्तलिखित ग्रन्थ ‘निश्वासतत्व संहिता’ मेमोरी अफ वल्र्ड हेरिटेजमा सूचीकृत एक मात्र ग्रन्थ हो ।

अभिलेखालयले स्थापनाको स्वर्ण महोत्सव मंगलबार मनाउने कार्यक्रम राखेको छ । स्वर्ण महोत्सव समारोहको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

अभिलेखालयले विसं २०७२ देखि राष्ट्रिय अभिलेखालय दिवस मनाउन शुरु गरेको छ । असोज १७ गते मनाउने गरिएको यो दिवस यस वर्ष विजयादशमीको भोलिपल्ट परेकाले कुनै औपचारिक कार्यक्रम हुन सकेन । दिवसको कार्यक्रम पनि मंगलबार स्वर्ण महोत्सवका अवसरमा गरिने अभिलेखालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

झलनाथलक्षित प्रचण्डको टिप्पणी– प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group