ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहमा बैंक सेवा नहुँदा सदरमुकाम धाउनुपर्ने बाध्यता


admin

अछाम, २३ असोज ।  अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहँुदा समस्या सिर्जना भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।

मंगलसेन, साँफेबगर र कमलबजार नगरपालिकामा बैंकिङ सुविधा भए पनि अन्य एक नगरपालिका र छवटा गाउँपालिकामा कुनै पनि बैंकको शाखा खुल्न सकेको छैन । जिल्लाका विकटका गाउँपालिका तुर्माखाँद, रामारोशन, मेल्लेख, चौरपाटीका स्थानीयले त आर्थिक कारोबारका लागि सदरमुकाम पुगी दुई तीन दिन समय खर्चिनुपर्ने अवस्था रहेको छ ।

टाढाका स्थानीय तहमा बैंक नहु“दा बैंकिङ सेवाका सबै काम गर्न दुई दिनसम्म हि“डेर सदरमुकाम आउनुपर्ने बाध्यतामा रहेको तुर्माखाद गाउ“पालिकाका अध्यक्ष पुष्पराज शर्माले बताउनुभयो । सदरमुकाम पुगेर बैंकिङ सेवा लिनुपर्दा समय र पैसा दुवै खर्च हुने गरेको उहाँको भनाइ छ ।

स्थानीय तहमा बैंक नहुँदा करोडौँ बजेट झोलामा बोकेर लैजानुपर्ने भएकाले निकै असुरक्षा महसुस हुने गरेको चौरपाटी गाउ“पालिकाका लेखापाल मनोज थापाले बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि गाउँपालिकाको विकास बजेट झोलामा बोकेर लैजानुपर्दा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

उपभोक्ता समितिले पनि सदरमुकाममा तीन÷चार दिन बसेर करोडौँ रकम भुक्तानी गरेर फर्किदा सुरक्षाको दृष्टिकोणले निकै खतरा रहेको स्थानीय बताउँछन् । गाउँपालिकामा बैंकिङ सेवाका लागि इमेल इन्टरनेट सेवा पनि आवश्यक हुने भएकाले आफूले इन्टरनेट जडानका लागि पहल गरिरहेको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले बताउनुभयो ।

उहाँले बैंकिङ कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यतालाई छिट्टै अन्त्य गर्नका लागि आफू पहल गरिरहेको बताउनुभयो ।

स्थानीय तह कार्यान्वयनमा आइसकेपछि केही बैंकले गाउ“पालिका र नगरपालिकामा शाखा स्थापना गर्न खोजे पनि सुरक्षित भवनको अभाव देखिएको बताएका छन् । तत्काल टाढाका गाउँपालिकामा सुरक्षाको पनि त्यतिकै समस्या रहेको नेपाल इन्भेष्टमेन्ट बैंक मंगलसेनका शाखा प्रबन्धक मनोज नेपालले बताउनुभयो ।

हाल सदरमुकाम रहेको मंगलसैनमा नपामा पाँच वटा, मुख्य व्यापारिक केन्द्र रहेको साफेबगरमा चार वटा र कमलबजारमा नगरपालिकामा एक गरी जिल्लाभर जम्मा नौ वटा बैंकले सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com