
दाङ,१० चैत । यस वर्षको कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइई चैत्र दश गते आइतबारदेखि सुरु भएको छ । दाङमा १५ दिने सुत्केरी देखी प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले समेत परिक्षामा सहभागी भएका छन ।
चौधरीले परिक्षा हलभित्र पस्दै गर्दा आफुलाई बाल्यकालको याद आएको बताउनुभयो । सानोमा स्कुल जाने रहर धेरै लाग्थ्यो, तर जान पाईन, आज परिक्षा हल भित्र प्रवेश गर्दै गर्दा आफुलाई बाल्यकालको याद आएको, उहाँले भन्नुभयो । प्रतिनिधिसभा सदस्य चौधरीले आज एसईई दिदाँ बाल्यकालको सपना पूरा भएको समेत बताईन ।
अरु स्कूलले विद्यार्थीसँगै एसइइ परीक्षामा सहभागी भएकी ३८ बर्षीय चौधरीले एसइइ मात्रै होइन, बुढेसकाल सम्ममा भएपनि पनि पिएचडी गर्ने सपना भएको बताईन ।
उनले भनीन, मेरो पिएडि गर्ने धोको छ, अव परिक्षाको नतिजा कस्तो आउछ, त्यहि अनुसार हुने बताई । नेकपाकी सचेतक समेत रहेकी चौधरी आइतबारदेखि सुरु भएको एसइइ परीक्षामा सहभागी भएकि छन ।
तुलसीपुर स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट चौधरीले परीक्षा दिदै छन । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाई सुरु गर्नुभएको थियो । उन यसपटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिदै छन ।
उनकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छन । विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उहाँले पढाइको महत्व बुझेर मनैदेखी पढाई गर्नुपर्छ भन्ने भावना उत्पन्न भएसंगै कक्षा ८ देखी पढाई शुरु गरेकी थिइन ।
त्यसैगरी १५ दिने सुत्केरी एसइइ परीक्षामा सहभागी भएकि छन । तुलसीपुर उपमहानगरपालिका ६ गाइडर निवासी सुशीला भण्डारी १५ दिनको बच्चा कोखिलामा च्यापेर परीक्षामा सहभागी भएकि हुन । बच्चा हेर्न उहाँका आफन्त पनि सँगै परीक्षा केन्द्रमा पुगेकी छन ।
महेन्द्र माध्यामिक विद्यालय तुलसीपुर बाट खुल्ला विद्यालयमा अध्ययन गरेकी भण्डारी माध्यामिक विद्यालय सेन्टर तुलसीपुर केन्द्रबाट परीक्षा दिदै हुनुहन्छ । यसबर्ष दाङमा एसइई परिक्षा सञ्चालनका लागि ४४ वटा परिक्षा केन्द्र तोकिएको छ ।
जसमा ३८ वटा समुदायिक विद्यालय तथा ६ निजी विद्यालयमा एसइई परिक्षा केन्द्र तोकेको जिल्ला शिक्षा समन्वय इकाई कार्यालय दाङले जनाएको छ । जिल्लामा यसबर्ष ११ हजार ५ सय ४८ विद्यार्थी एसइई परिक्षामा सहभागी भएका छन ।
प्रतिक्रिया दिनुहोस्