ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खैँजडीको तालमा नृत्य गर्दै मुख्यमन्त्री गुरुङ


admin
चैत्र १०, २०७५ आईतबार  ११ : ०६ बजे

दमौली, १० चैत । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ’ को घोषणा समारोह तनहुँको भिमाद नगरपालिका–९ भानुमतिमा तय भएबमोजिम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शनिबार साँझ नै यहाँ आइपुग्नुभयो । 

मुख्यमन्त्रीको गुरुङको साथमा हनुहुन्थ्यो आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा । 

उहाँहरुलाई स्थानीयले फूलमालाले स्वागत गर्दा रात परिसकेको थियो । मुख्यमन्त्री लगायत मन्त्रीहरुलाई स्वागत गरिसकेपछि स्थानीयले सांस्कृतिक कार्यक्रमको तयारी थाले । स्थानीयको तयारीपछि मुख्यमन्त्री गुरुङ लगायत मन्त्रीहरु सांस्कृतिक कार्यक्रमतर्फ अघि बढ्नुभयो । 

लगत्तै स्थानीयले खैँजडीको तालमा मुख्यमन्त्री र मन्त्रीहरुलाई स्वागत गर्दै गीत गाउन शुरु गरे । मुख्यमन्त्रीलगायत तीन मन्त्री गाउँमा आउँदा स्थानीयमा खुशीको सीमा नै थिएन । खुशीलाई स्थानीयले गीतमा यसरी प्रस्तुत गरे – 

‘विकास गर्न भनेर मन्त्रीज्यू आउनुभाको छ 
मनमा सारै खुशी लाको छ’ 

स्थानीयको स्वागत गीतसँगै मुख्यमन्त्री गुरुङ आफैँले खैजडी बजाउन थाल्नुभयो र गीतको तालमा नाच्न पनि । मुख्यमन्त्रीलाई साथ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री चुमान र भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री थापासमेत नाच्न अगाडि बढ्नुभयो । मुख्यमन्त्री र मन्त्रीहरुलाई यहाँका स्थानीय युवतीले कौरा गीतमा साथ दिए । 

प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रका एक÷एक ठाउँलाई नमूना कृषि गाउँको रुपमा छनौट गरे बमोजिम भानुमति पनि नमूना कृषि गाउँको रुपमा छनौट भएको छ । 

नमूना गाउँको रूपमा छनौट भएदेखि नै यहाँका स्थानीय उत्साहित भएका छन् र यस ठाउँलाई नमूना बनाउने दृढता व्यक्त गरेका छन् जसलाई स्थानीयले गीत मार्फत् यसरी प्रस्तुत गरे – 

‘सबै जना मिली कम्मर हामी कसे 
नमूना गाउँ बन्छ अवश्य’ 

आफ्नै ठाउँमा काम गरे यही सुन फल्छ भन्ने भावना बोकेका यहाँका स्थानीय गाउँलाई नमूना बनाउँदै पर्यटकको आकर्षणको केन्द्रविन्दु बनाउन जुटेका छन् । सबैजना मिलेर अगाडि बढे उक्त लक्ष्य पूरा हुनेमा यहाँका स्थानीय ढुक्क छन् । 

‘सुन फल्छ नि यसै ठाउँमा 
सबैजना मिली काम गरे गाउँमा’ 

नमूना गाउँको रूपमा छनौट भएको यस ठाउँमा हालै मात्र पाथर्दी घरबाससमेत सञ्चालनमा आइसकेको छ । यहाँ आउने पाहुनालाई कौरा गीतमार्फत् स्वागत गर्ने गरिएको घरबास सामुदायिक व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले बताउनुभयो । 

नगरपालिका–९ का अध्यक्ष इमान थापाले यस ठाउँ नमूना कृषि गाउँको रूपमा छनौट हुँदा स्थानीयवासीमा छुट्टै रौनक छाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुख्यमन्त्री र मन्त्रीहरु नै यहाँ आएर स्थानीयको हौसला बढाउन लाग्नुभयो, यसले हामीहरुलाई काम गर्न हौसला प्रदान गरेको छ ।’ 

कौरा संरक्षणका लागि सहयोग 

सो अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मौलिक कौरा संरक्षणका लागि रु पाँच हजार सहयोग गर्नुभएको छ । 

त्यस्तै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले रु पाँच हजार, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले रु दुई हजार, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले रु एक हजार पाँच सय सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

चितवन–३ मा एमालेको एक्लै प्रतिस्पर्धा : ‘अब आफ्नै जनमत मापन गर्ने बेला’ (भिडियो सहित)

पश्चिम रुकुममा रोचक भिडन्त : ‘पार्टीले जितेको क्षेत्र’ कि ‘व्यक्तिको प्रभाव’ ? (भिडियो सहित)

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com