ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो तामाकोशी समयमै ल्याउन यसरी खट्टिए उर्जामन्त्री पुन


admin
चैत्र ९, २०७५ शनिबार  १ : ५१ बजे


दोलखा,९ चैत । जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गर्नुभएको छ ।

उर्जामन्त्री पुन दोलखाको विगु गाउंपालिकामा निर्माणाधिन ४५६ मेगावाट क्षमता भएको तामाकोशी जलविद्युत आयोजनाको अवस्थाको वारेमा जानकारी लिन शुक्रवार सांझ दोलखा पुग्नु भएको हो । मन्त्री पुनले राष्ट्रिय गौरवको रुपमा रहेको तामाकोशी जलविद्युत आयोजनालाई समयमै ल्याउन पहल गर्दै आउनुभएको छ ।

उहाले शनिवार विहान आयोजनाको बांधस्थल,सुरु¨, माथिल्लो पेनस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर समेत जानकारी लिनु भयो । मन्त्रीपुनले करिव ३ घण्टा आयोजना स्थलकै निरीक्षण गरेर बिताउनु भएको थियो ।

उहाँले आयोजनाको अनुगमन,निरीक्षण र समस्याको समाधान गर्न र सहजीकरणको लागी आफु प्राधिकरण र आयोजनाका उच्च पदस्थ अधिकारीसहित फिल्डमै आएको बताउनुभयो ।

उहाले आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसंग समेत आयोजनाको प्रगतीको वारेमा जानकारी लिनु भएको छ । मन्त्रीपुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग, राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्ण ओलीसहित आयोजना स्थल पुग्नु भएको हो । उहाले तोकिएको समयमा तामाकोशी जलविद्युत आयोजना ल्याउनु पर्ने भन्दै त्यसमा गम्भिर भएर काम गर्न समेत निर्देशन दिनुभयो ।

यसअघि प्रधानमन्त्री केपीशर्मा ओली सहित मन्त्री पुन आयोजनाको निरीक्षण भ्रमणमा गत वर्ष दोलखा आउन ुभएको थियो । उहांले माथिल्लो तामाकोशी जलविद्युत आयोजना समयमै ल्याउन आफु गम्भिरता पूर्वक लागिरहेको बताउंदै आउनुभएको छ ।

यसअघि आयोजनामा समस्या देखिएपछि उहांले उर्जामन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक,आयोजना प्रमुख र टेक्सम्याको निर्माण कम्पनीका प्रतिनिधीसंग छलफल गरेर आयोजनातोकिएको समयमै ल्याउन निर्देशन दिनुभएको थियो ।मन्त्रीपुनले आयोजनाको काम अघि नबढे ठेक्का समेत तोड्ने चेतावनी समेत दिनुभएको थियो ।

उर्जामन्त्री पुनले ४५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना आगामी मंसिर भित्र सम्पन्नहुने विश्वास व्यक्तगर्नुभएको छ ।

आयोजना स्थलको निरिक्षण भ्रमण सम्पन्न गरिसकेपछि संचारकर्मीसंग शनिवार कुरा गर्दै मन्त्री पुनले आयोजना समय तालिका भित्रै सम्पन्न हुने दावी गर्नुभयो ।

‘यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भिर चांसो छ, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनको लागी मैले पुरै ध्यान केन्द्रित गरेको छु, म समय तालिकाभित्रै आयोजना पुरा हुनेमा विश्वस्त छु ।’मन्त्री पुनले भन्नुभयो ।

उहाले नेपालीले ठुला आयोजना गर्न सक्दैन भन्ने सोच विगतमा रहेको भन्दै यसबाट नेपालीले ठुला आयोजना बनाउन सक्छन् भन्ने पुष्टि भएको धारणा समेत राख्नुभयो । मन्त्री पुनले तामाकोशी जलविद्युत आयोजना नेपालकै लागी नमुनायोग्य र महत्वपूर्ण भएको बताउनुभयो ।

‘केही समयअघि भर्टिकल साफका कारण केही समस्या आएको थियो, हामीले टेक्सम्याक र एन्ड्रिजको विचमा समझदारी बनाईदिएका छौ,अहिले काम अघि बढिरहेको छ । त्यसैले पनि आगामी मंसिरसम्म सवै काम सम्पन्न हुन्छ भन्ने मैले विश्वास लिएको छु । ’ उहाले भन्नुभयो ।

आफुले आयोजना प्रमुख देखी कार्यकारी निर्देशक राखेर सुरुदेखी नै तालिकाअनुसार कामहुनुपर्ने धारणा राखेको मन्त्रीपुनको भनाई थियो । ठुला आयोजनामा कहिले कांही समस्या आउने भएपनि तालिका अनुसार नैै काम हुने मन्त्री पुनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

चितवन–३ मा एमालेको एक्लै प्रतिस्पर्धा : ‘अब आफ्नै जनमत मापन गर्ने बेला’ (भिडियो सहित)

पश्चिम रुकुममा रोचक भिडन्त : ‘पार्टीले जितेको क्षेत्र’ कि ‘व्यक्तिको प्रभाव’ ? (भिडियो सहित)

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com