काठमाडौं,८ चैत । वैदेशिक रोजगार विभागका एक कर्मचारी घुससहित पक्राउ परेका छन । विभागका काठमाण्डौं कार्यालयको नायव सुब्बा रामकुमार फुयाँल ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन ।
वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई उनी विरूद्ध उजुरी परेको र पक्राउ पुर्जी जारी गर्ने भन्दै धम्क्याएर सेवाग्राही घुस मागेको सूचना अख्तियारले पाएको थियो ।
त्यही सूचनाका आधारमा अख्तियारको टंगालमा रहेको कार्यालयको टोलीले फुयाँललाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनले लिएको ६० हजार रुपैयाँ जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिएर केही समयपछि खड्कासँग पैसा लिँदै गर्दा पक्राउ गरिएको हो । नायब सुब्बा रामकुमार फुयाँल र फलफूल व्यवसायी ध्रुव खड्कालाई नियन्त्रणमा लिएको छ । उनीहरुको आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्