ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीको ठेक्का सम्झौता रद्द गर्न छलफल


admin
माघ ६, २०७५ आईतबार  ७ : ०५ बजे


काठमाडौ,६ माघ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन ।

काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत महीना निर्माण व्यवसायी कम्पनीका प्रतिनिधिलाई सरकारले नियन्त्रणमा लिएको थियो ।

क्रिसमस मनाएर काममा फर्किने सहमति गरेको निर्माण व्यवसायी एक महीना बित्दा पनि काममा नफर्की आयोजनासँग सम्पर्कमा समेत नआएकाले ठेक्का सम्झौता रद्द गरी बाँकी काम अघि बढाउने विषयमा परामर्शदातालगायत सरोकार भएका निकायका अधिकारीसँग छलफल भइरहेको समितिका प्रवक्ता राजेन्द्र पन्तले राससलाई जानकारी दिनुभयो ।
यस सम्बन्धमा आज भोलि नै सूचना जारी गर्ने तयारी भएको पनि उहाँले बताउनुभयो । पछिल्लो समय सुरुङ ‘फिनिसिङ’ काम अन्तिम चरणमा पुगेको थियो । यसबीचमा निर्माण व्यवसायी नै हिँडेपछि काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौँको सुन्दरीजलसम्म २७.५ किमी सुरुङ निर्माण गरी मेलम्ची खोलाको पानी राजधानीमा ल्याउने अन्तिम समयमा एक महीनादेखि काम हुन सकेको छैन ।

सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि अत्याधुनिक पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । साढे आठ करोड लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माण भइरहेको छ ।

पानी वितरणका लागि उपत्यकामा पहिलो चरणको थोक एवं वितरण सञ्जालको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बसबाट खसेर घाइते महिलाको उपचारको क्रममा मृत्यु

चुनाव स्थगित गराउने प्रयास हुँदैछन्, अब हुनैपर्छ : ओली

धादिङ–२ : कांग्रेसको विरासत जोगाउने र एमालेको फर्किने दाउ,

धादिङ–१ : वामपन्थीहरुको गढमा आशिकाको इन्ट्रीले रोचक बन्दै चनुावनी मैदान

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

कास्की–१ मा तिलक रानाभाटको प्रतिबद्धता: “स्रोतको सदुपयोग, उत्पादनको ग्यारेन्टी र स्वाभिमानी अर्थतन्त्र”(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com