ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)


एबीसी न्यूज
बैशाख १४, २०८३ सोमबार   ६ : ४७   बजे

काठमाडौं, १४ वैशाख । सरकारले आज सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ले अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भए पनि आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती रहेको देखाएको छ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले चैत १३ मा पदबहाली गर्दा गरेको निर्णयअनुसार सरकारले सोमबार अर्थतन्त्रको स्थितिपत्र ९श्वेतपत्र० सार्वजनिक गरेको हो।

स्थितिपत्रमा उल्लेख भएको तथ्यांकअनुसार, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति सुदृढ देखिाएको छ भने न्यून आर्थिक वृद्धि, बढ्दो सार्वजनिक ऋण र कमजोर उत्पादनशील क्षेत्रले अर्थतन्त्रमा दबाब सिर्जना गरेको उल्लेख गरेको छ।

आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहने प्रक्षेपण गरिएको र यो वृद्धि छिमेकी मुलुकहरूको तुलनामा निकै सुस्त रहेको स्थितिपत्रमा उल्लेख छ। अहिले नेपालको औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशतमा सीमित छ।

अर्थतन्त्र कृषिबाट औद्योगीकरणतर्फ लाग्नुको सट्टा सिधै सेवा क्षेत्रतर्फ ढल्किएको स्थितिपत्रमा उल्लेख छ। अर्थतन्त्रमा कृषि र उद्योग क्षेत्रको योगदान घट्दै गएर सेवा क्षेत्रको योगदान विस्तार भएको उल्लेख छ। अहिले कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०मा सेवा क्षेत्रको योगदान ६२ प्रतिशत पुग्दा औद्योगिक क्षेत्रको १२.८ प्रतिशतमा खुम्चिएको छ।

अर्थतन्त्रका लागि बाह्य क्षेत्र भने उत्साहजनक देखिएको छ। चालू आर्थिक वर्षको पहिलो आठ महिनामा विप्रेषण आप्रवाह ३७।७ प्रतिशतले बढेर १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ। वैदेशिक मुद्राको सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ, जसले साढे १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।

वैदेशिक व्यापार अझै पनि भारत केन्द्रित छ। नेपालको अन्तर्राष्ट्रिय व्यापारको ५९।५ प्रतिशत व्यापार भारतमा केन्द्रित छ।

देशको सार्वजनिक ऋण तीव्र रूपमा बढ्दै गएको छ। २०८२ फागुन मसान्तसम्म सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुगेको स्थितिपत्रमा उल्लेख छ, जुन जीडीपीको करिब ४३.८ प्रतिशत हो।

नेपाल सरकारले चालू आर्थिक वर्षको लागि ल्याएको बजेटको करिब २१ प्रतिशत हिस्सा ऋणको सावाँ–ब्याज भुक्तानीमा खर्च भइरहेको छ। जसले गर्दा विकास निर्माणका लागि पुँजीगत खर्चमा कटौती गर्नुपर्ने अवस्था आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group