झापा,६ माघ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले देशभरका बहुवर्षीय योजनाका कामहरु अलपत्र छाडेको बताएका छन ।
झापाको भद्रपुरमा प्रेस क्बल भद्रपुरले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिटौलाले वर्तमन सरकारले यसअघिका सरकारले सुरु गरेका बहुवर्षीय योजनाका कामहरुलाई निरन्तरता दिन नसक्दा सयौं योजनाहरु अलपत्र परेको बताएका हुन ।
उनले बहुमत प्राप्त सरकार योजनाहरुको काम अलपत्रमा छाडी चुप लागेर बसिरहेको दाबी गरे ।
नेता सिटौलाले आफ्नै निर्वाचन क्षेत्रमा पनि धेरै बहुबर्षिय योजनाका कामहरु ठप्प बनाइएको भन्दै चिन्ता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्