काठमाडौं,६ माघ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष बालानन्द पौडेललाई सिफारिस गरेको छ ।
संवैधानिक परिषद्को आइतबार बसेको बैठकले पूर्वसचिव पौडेललाई वित्त आयोगको अध्यक्ष सिफारिस गरेको हो । पौडेलले यसअघि स्थानीय तह पुनर्संरचना आयोग भएर काम पनि गरेका थिए ।
प्रदेशहरुले धेरै पहिलेदेखि वित्त आयोग गठनको माग गर्दै आएको बताइएको छ । सरकारले पुस मसान्तभित्र आयोग गठन गर्ने वचन दिएको थियो । तर एक हप्ता ढिला गरी आयोगको अध्यक्ष सिफारिस गरेको हो ।
यस्तै समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्यारीलाई सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस्