ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस काउन्सील नेपालबाट पत्रकार पुरस्कृत


admin
आश्विन ६, २०७४ शुक्रबार  ५ : २७ बजे

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक व्यवस्थापछि पत्रकारिता क्षेत्रमा संख्यात्मकसँगै गुणात्मक विकास आवश्यक पर्ने बताउनुभएको छ ।

उहाँले अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै गणतन्त्रलाई सुदृढ र राष्ट्रियतालाई एकताबद्ध बनाउने सकारात्मक वातावरण खेल्न पनि सञ्चार क्षेत्रलाई आह्वान गर्नुभयो ।

प्रेस काउन्सिल नेपालको ४८औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित पुरस्कार वितरण समारोहमा उहाँले नेपाली प्रेसले पाएको अधिकार र उपलब्धिलाई सकारात्मक रुपमा सदुपयोग गरिनुपर्नेमा पनि जोड दिनुभयो । सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यम जिम्मेवार नभएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “अधिकारको दुरुपयोग गर्दा नकारात्मक परिणाम आउँछ, समाजमा स्वच्छन्दता र अराजकता उत्पन्न हुन्छ ।”

राष्ट्रपति भण्डारीले छिटो समाचार दिने नाममा वास्तविकता भुलेर सामग्री प्रस्तुत भएमा पत्रकारिताको विश्वसनीयता, सत्य, तथ्य र सन्तुलन गुम्ने जनाउँदै राज्यका तीन अङ्गलाई निगरानी र सन्तुलनमा राख्ने प्रेसको जिम्मेवारी र उत्तरदायित्वलाई सामाजिक न्यायपूर्ण समाज स्थापनाको लक्ष्यका साथ पूरा गरिनुपर्ने बताउनुभयो ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकार अराजक भएमा पेशा नै बदनाम हुने भएकाले प्रेस पास र अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हुन नहुनेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताले स्वनियमनमा रहनुपर्ने भन्दै पत्रकार आचारसंहिताबारे जागरण अभियान सञ्चालन गरिने बताउनुभयो ।

पुरस्कार प्रदान

समारोहमा काउन्सिलका विभिन्न वार्षिकमध्ये ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार बालकृष्ण चापागाईं र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरियो । दुवै पुरस्कारको राशि जनही रु एक लाख पाँच हजार छ । रु २५ हजार राशिको ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सप्तकोशी एफएम रेडियो (सुनसरी)लाई दिइयो ।

यस्तै ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ पत्रकारद्वय हरिहर खनाल (चितवन) र वियोगी बुढाथोकी (काठमाडौँ)लाई प्रदान गरिनेछ । काउन्सिलले यस वर्षको ‘प्रेस काउन्सिल स्तम्भ लेखन पत्रकारिता पुरस्कार’ पत्रकार मुरलीप्रसाद यादव (सप्तरी)लाई प्रदान भयो ।

‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ पत्रकार विणा सिन्हा (काठमाडौँ)लाई प्रदान गरियो । ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ पत्रकार इन्दिरा अर्याल (बुटवल), कमल पन्थी (काठमाडौँ), टीका विष्ट (सुर्खेत), कोपिला कँडेल (बाग्लुङ) र अञ्जली थापा (मकवानपुर)लाई प्रदान गरियो ।

‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार’ पत्रकार ओमप्रसाद घायल (पर्वत), रामकुमारी (रूबी) श्रेष्ठ (ललितपुर), राधेश्याम पट्टेल (पर्सा), रामचन्द्र चौधरी (कञ्चनपुर) र नमनकुमार शाही (दैलेख)लाई प्रदान गरियो ।

त्यसैगरी ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ दण्ड गुरुङ (काठमाडौँ), मानसिंह विक (रोल्पा), रविन थपलिया (काठमाडौँ), अनिलकुमार कर्ण (काठमाडौँ), मदन ठाकुर (रौतहट), सन्तोष रुचाल (धनकुटा), महेशकुमार चौधरी (सुनसरी) र विजेता चौधरी (काठमाडौँ)ले पाउनुभयो ।

‘प्रेस काउन्सिल युवा सशक्तीकरण पत्रकारिता पुरस्कार’ विभिन्न जिल्लाबाट छ, ‘प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार’ पाँच र ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ तीनजना पत्रकारलाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु १० हजार छ ।

काउन्सिलका पूर्वअध्यक्षहरुको सम्मान र दीर्घसेवी तथा उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

ओलीले भने– यो चुनाव ‘देश बनाउने र जलाउने’ शक्तिहरूबीचको महासंग्राम

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com