ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको संविधान : शान्ति, स्थायित्व र विकासको नयाँ युगको सूत्रपात – प्रधानमन्त्री देउवा


admin
आश्विन ६, २०७४ शुक्रबार  १२ : ४७ बजे

न्यूयोर्क, अमेरिका, ६ असोज ।   प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मुलुकभित्र बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय नीतिलाई अनुशरण गरेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री देउवाले बिहीबार कोलम्बिया विश्वविद्यालयमा आयोजित ‘समावेशी लोकतन्त्र र विकासतर्फ नेपालको रुपान्तरण’ विषयक वल्ड लिर्डर्स फोरम (विश्व नेता मञ्च) लाई सम्बोधन गर्दै भन्नुभयो– ‘‘नेपालको यथार्थ बहुलवाद हो र यसको राष्ट्रिय शक्ति ऐक्यबद्ध संस्कृति र यहाँका जनताको धैर्यता हो ।’’

यसै विश्वविद्यालयमा उहाँले दुई दशकअघि विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई सम्बोधन गर्नुभएको थियो ।

नेपालले शान्तिपूर्ण सहअस्तित्वसहितको पञ्चशीलको सिद्धान्तलाई अंगीकार गरी आएको बताउँदै उहाँले यसै सिद्धान्तले अनिश्चय र आरोहअवरोहबीचमा सुमधुर सम्बन्ध कायम राख्न मार्गनिर्देश गर्ने विश्वास प्रकट गर्नुभयो । शान्ति, प्रगति र समृद्धिका लागि विश्वासको वातावरण निर्माण गर्न क्षेत्रीय सहयोग अपरिहार्य रहेको बताउनुभयो र प्रधानमन्त्री देउवाले सहयोग विस्तार तथा सबै पक्षको जीतका लागि ‘कनेक्टिभिटी’ पूर्व सर्त हो भन्नुभयो । उहाँले भन्नुभयो – “ऐतिहासिककालदेखि स्वतन्त्र रहन पाएकामा नेपाल गौरवान्वित छ । नेपालले स्वतन्त्र परराष्ट्र नीतिलाई अनुशरण गर्दा नेपालले कुनै भय र झुकावबिना गुणका आधारमा हरेक मुद्दामा निर्णय लिने गरेको छ ।”

सबै पक्षसँग मित्रता कायम गर्नु र शान्ति, प्रगति र समृद्धिका लागि मिलेर काम गर्नु नेपालको लामो समयअघि देखिको नीति रहँदै आएको पनि उहाँले स्मरण दिलाउनुभयो

“परिवर्तित सन्दर्भमा राष्ट्रसंघको ठूलो भूमिका र जिम्मेवारी रहेको तथ्यलाई नेपालले महसुस गरेको छ, विश्वका चुनौतीको शीघ्रातिशीघ्र सामना गर्ने कार्यलाई अझ प्रभावकारी बनाउन हामीले राष्ट्रसंघको सुधार गर्नैपर्छ” – उहाँले भन्नुभयो ।

विश्वभर जटिल र ध्रवीकृत वातावरण सिर्जना भएको र आर्थिक तथा वित्तीय संकटले भूराजनीतिक प्रतिस्पर्धाका लागि नयाँ सुरक्षा तथा आर्थिक परिवेश खडा गरिदिएको पनि उहाँले उल्लेख गर्नुभयो ।
बढ्दो संकीर्णवाद तथा धार्मिक अतिवादले समाजलाई असहिष्णु बनाएको र जातीय राजनीति हाबी भएर सामाजिक सद्भावलाई खल्बल्याएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले हरेक संस्कृतिका मुख्यमुख्य मान्यताको संरक्षण गर्न र वास्तविक समस्यासँग जुझ्न साझा धरातल पहिल्याउनु पर्ने र सहिष्णुता तथा सद्भाव कायम गर्नुपर्ने औँल्याउनुभयो ।

नेपालमा प्रजातान्त्रिक संघर्षका लागि भएको आधा शताब्दीको आधुनिक इतिहास प्रकाश पार्न आफू यहाँ उपस्थित भएको बताउँदै उहाँले प्रजातान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध, अप्ठ्यारा स्थितिमा पनि विधिको शासनप्रति प्रतिवद्ध, गरिबीले व्याप्त अतिकम विकसित एक मुलुकका रुपमा नेपाललाई प्रस्तुत गर्नुभयो ।

नेपालले सशस्त्र द्वन्द्वको समाधानमा संवाद र वार्ताको माध्यम अपनाएको जानकारी दिँदै उहाँले जटिलतम परिस्थितिमा पनि नेपाली जनताले गरेको प्रजातान्त्रिक संघर्ष र प्रजातन्त्रप्रतिको गहिरो कटिबद्धतालाई प्रतिबिम्बित गर्नु विश्वकै लागि उदाहरणीय भएको बताउनुभयो । हालको संविधानले सम्पूर्ण जातीय समुदायको आकाँक्षालाई आत्मसात् गरेको, लोकप्रिय संप्रभूतासहित ३१ प्रकारका मौलिक हकलाई अंगीकार गरेको र स्वतन्त्र न्यायालयलाई स्थान दिएको उहाँले उल्लेख गर्नुभयो ।

संवैधानिक व्यवस्थाअनुरुप संघीय तथा प्रदेशिक संसद्मा एक तिहाई र स्थानीय सरकारमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले यसै साता सबै राजनीतिक दलको सहभागितामा तेस्रो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण तबरमा सम्पन्न भएको र २० वर्षपछि स्थानीय तहमा नेतृत्व सिर्जना गर्ने काम भएको जानकारी गराउनुभयो ।

संविधानअनुसर केन्द्रीय र प्रादेशिक संसद्को निर्वाचनको तयारीमा आफूहरु लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले राजनीतिक स्वतन्त्रता र विकास एक अर्काका परिपूरक भएको धारणा राख्नुभयो ।
सन् १९४० को दशकमा नेपालले संयुक्त राज्य अमेरिकालगायत केही राष्ट्रसँग कूटनीतिक सम्बन्ध गाँसेको र आपसी हित र समझदारीमा यो सम्बन्ध आधारित रहेर सौहार्द र सहयोगात्मक रहँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

जनस्तरको सम्पर्क दुई मुलुकबीचको सम्बन्धको गतिशील पक्ष भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयसँग नेपाली विश्वविद्यालयको सहकार्य गरेर अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवासँग कोलम्बिया विश्वविद्यालयका विद्यार्थीले नेपालको समसामयिक विषयमा राखेको जिज्ञासाको जवाफ दिनुभएको थियो । उहाँले विश्वविद्यालयका अध्यक्ष ली सि बोल्लीङ्गरलगायत त्यहाँका विभागीय सदस्य, भूपू विद्यार्थीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

(रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

ओलीले भने– यो चुनाव ‘देश बनाउने र जलाउने’ शक्तिहरूबीचको महासंग्राम

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com