काठमाडौं,३० भाद्र । राष्ट्रियसभा बैठकले बालबालिकासम्बन्धी विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।
शनिबार बसेको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले पेश गर्नुभएको उक्त विधेयक पारित गरेको हो ।
बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिमको नियम निलम्बन गरेको छ । बैठकमा उक्त नियम निलम्बनसम्बन्धी प्रस्तावलाई सांसद खिमलाल भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।
उक्त नियम निलम्बनको प्रस्तावलाई समेत बैठकको सर्वसम्मतिले स्वीकृत गरेको छ । सांसद भट्टराईले प्रस्तुत गर्नुभएको उक्त नियम निलम्बनको प्रस्तावलाई सांसद तारादेवी भट्ट तथा वृशेषचन्द्रलालले समर्थन जनाउनुभएको थियो ।
संविधानले व्यवस्था गरेबमोजिम मौलिक हकसम्बन्धी कानूनलाई आउँदो असोज २ गतेभित्र पारित गरिसक्नुपर्ने बाध्यात्मक अवस्था छ ।
विधेयकमा संशोधनका सूचना दिनका लागि नियमावलीले ७२ घण्टा तोके पनि त्यसलाई घटाएर भोलि बिहानसम्मका लागि निर्धारण गर्नका लागि नियम निलम्बन गरिएको हो । बैठकमा मौलिक हक सम्बन्धी बिभिन्न बिद्ययेक पारित भएको छ । राष्ट्रिय सभाको अर्को बैठक आईतबार बोलाईएको छ ।
प्रतिक्रिया दिनुहोस्