काठमाडौं,२८ भाद्र । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीमाथि छानबिन हुने भएको छ ।
प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा सिआइबी अधिकृतमाथि छानबिन गर्न समिति गठन गरेको छ । हत्याको घटना अनुसन्धान प्रक्रिया र गतिविधिबारे प्रहरीका अधिकारीहरू नै विवादमा तानिएपछि पाँच सदस्यीय समिति गठन गरेको हो ।
समितिले सो टोलीमा गएका प्रहरीको बयान र अनुसन्धान गर्नेछ । त्यस्तै निलम्बनमा परेका एसपी डिल्लीराज बिष्टसँग पनि आवश्यक बयान र गल्ती देखिए थप कारबाही गर्ने तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्