
काठमाडौं,२८ भाद्र । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाउनु भएको छ ।
सभापति देउवाले प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै निन्दा र भत्सर्ना गर्नु भएको हो ।
बिहिबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले आफ्नो पार्टी सो घटनाको खिलाफमा रहेको प्रतिक्रिया दिनुभयो ।
उहाँले पत्रकारहरुलाई पक्राउ गर्ने जस्तो काम पनि गर्ने हो भनि सरकारलाई प्रश्न पनि गर्नु भयो । सभापति देउवाले सरकारले पत्रकारहरुलाई पनि पक्राउ गरेकाले आफ्नो पार्टीले विरोध गर्नु परेको पनि स्पष्ट पार्नु भयो ।
समाचार प्रकाशित गरेकै आधारमा गत सोमबार विहान पक्राउ पर्नु भएका खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
त्यसैगरी सोही घटनामा आवश्यक सोधपुछ गर्न प्रहरीले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पनि उर्दी जारी गरेको थियो । सभापति देउवाले पत्रकारलाई पक्राउ गरिएको सो घटनाको निन्दा गर्दै आफ्नो पार्टीले विरोध गरिरहेको पनि स्मरण गराउनु भयो ।



















प्रतिक्रिया दिनुहोस्