काठमाडौं,२८ भाद्र । राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर गर्ने उपचारको खर्च अब राज्यले नव्यहोर्ने भएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले प्रचलित कानुनमा जे व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा विधेयकमा थप गरेको हो ।
परिमार्जित विधेयक संसदमा पेश भएको छ । यो विधेयक बिहीबार नै पारित गर्ने तयारी रहेको छ । तर, कांग्रेस सांसद गगन थापाले विदेशमा गरिने उपचारको खर्च व्यहोर्न नहुने संशोधन राखे ।
नेकपाका सांसद खगराज अधिकारीले भने मेडिकल काउन्सिलको सिफारिसमा मात्र उपचार खर्च दिने व्यवस्था राख्ने संशोधन हालेका थिए ।
प्रतिक्रिया दिनुहोस्