
दाङ,२८भाद्र ।नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी विप्लव नेतृत्वका प्रवक्ता खडगवहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आज काठमाडौं लगिएको छ।
बिहान दाङबाट नेपालगन्ज हुँदै विमानबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिएका छन ।
शुक्रबार भोजपुरबाट दाङ ल्याइएका प्रकाण्डलाई सर्वोच्च अदालतले काठमाडौं झिकाउन पत्र काटेपछि पुनः काठमाडौं पठाइएको उनले बताएका छन ।
चुनावको बेला मंसिर १२ गते दाङ तुलसिपुरमा नेपाली कांग्रेसको सभालाई लक्षित गरि भएको बम बिस्फोटनमा एक जना म्यादी प्रहरीको ज्यान गएकोमा प्रकाण्डलाई आरोप लागेको छ।
प्रकाण्डको विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले ८ दिन तोकेको थियो। त्यो म्याद नसकिँदै सर्वोच्चले काठमाडौं झिकाउन पत्र काटेको हो ।
तर अनुसन्धान भने जारी रहने प्रहरी उपरीक्षक शर्माले बताएका छन ।



















प्रतिक्रिया दिनुहोस्