ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश व्यवस्थापन विधेयक सर्वसम्मतिले पारित


bhawani desk

विराटनगर, २६ भाद्र । प्रदेश नं १ को प्रदेशसभामा प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो ।
सभामा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९९ बमोजिम प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७४ मा प्राप्त संशोधनमाथि प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले छलफल गर्नुभएको थियो ।

आठ प्रदेशसभा सदस्यले सो विधेयक संशोधनका लागि प्रस्ताव दर्ता गर्नुभएको थियो । संशोधित विधेयकलाई आर्थिक मामिलामन्त्री आङ्बोले स्वीकार गर्नुभएको थियो ।

सभामा सभामुख प्रदीपकुमार भण्डारीले सोसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । विधेयक पारित भइसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेशसभा सदस्य शिवनारायण मण्डलले ऋण अनुदान विधेयक अलग्गै ल्याउनुपर्ने भनी बैठकमा आपत्ति जनाउनुभएको थियो । सदस्य राजन राईले सर्वोच्चता हासिल गरेको प्रदेशसभा समयानुकूल बन्न नसकेको बताउनुभयो ।

श्रव्यदृश्यको माग 

प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा शून्य समयमा उहाँले यन्त्र र प्रविधिको युगमा प्रदेशसभाको बैठकमा श्रव्य र छायाङ्कनको व्यवस्था हुन नसक्नु दुःखलाग्दो बताउनुभयो ।

सदस्य सीता थेवेले प्राकृतिक प्रकोपका कारण पूर्वी पहाडी क्षेत्रमा भएको जनधन क्षतिमा प्रदेश सरकारले तत्काल राहत वितरण गर्नुपर्ने माग गर्नुभयो । सदस्य सूयर्माराज राईले मोरङ जिल्लामा नदीजन्य पदार्थ उत्खनन गर्न लागेको ठेक्कामा छानबिन समिति बनोस् भनी माग गर्नुभयो ।

उहाँले गत वर्ष १४ लाख घनमिटर नदीजन्य पदार्थ निकाल्न लागेको ठेक्का र यस वर्ष २७ लाख घनमिटर निकाल्न लागेको ठेक्काबारे सही छानबिन हुनुपर्छ भन्नुभयो । यस वर्ष बाढी नआएको र नदीमा धेरै गिटीबालुवा नथुप्रिएकाले ठेक्काका कारण नदी उत्खनन भई मानवबस्ती जोखिममा पर्न सक्ने औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

नागरिकता विधेयक– मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

नागरिकता विधेयक– मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

ओलीलाई जनार्दनको जवाफ – माओवादी विना तपाईंको सिंहदरबार यात्रा कठिन छ

पोहोरभन्दा बढी भित्रियो रेमिट्यान्स, १० महिनामा १० खर्ब

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षीको बेञ्च पूरै खाली– कारण यस्तो

नागरिकता विधेयक प्रमाणीकरणको कागजात मगाउने सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...