काठमाडौं,१८ भाद्र । सत्तारुढ दलका सांसदले सरकारलाई चौतर्फी घेराबन्दी गर्ने काम भईरहेको भन्दै त्यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले शान्ति सुरक्षा र अमन चैनका लागि सरकारले हरसंभव प्रयास गरिरहेका बेला सरकारमाथि नै सबै प्रकारका घेराबन्दी भईरहेको भन्दै सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
विकास निर्माण लगायत काममा पनि सरकार अघि बढीरहेका बेला संघियता नै खतरामा पार्ने गरि विभिन्न क्षेत्रबाट सरकारलाई घेराबन्दी गर्ने काम भईरहेको उहाँको दाबी थियो ।
सरकारमाथि भईरहेका विभिन्न किसिमका घेराबन्दीले आफुलाई १७ साल देखिको राजनितिक इतिहासको सम्झना आएको भन्दै उहाँले मुलुकी फौजदारी दण्डसंहिता स्वास्थ्यकर्मीको कसुरको सम्बन्धमा मुलुकभर स्वास्थ्य सेवा बन्द गरिएको तर्फ स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो “कानुन मिच्न किन उद्ध्त बनाईदै छ ? किन हजारौको मृत्युको कारण बन्दै छन् स्वास्थ्यकर्मीहरु ? किन स्वास्थ्य मन्त्रालयले आफ्ना खाली रहेका १२ औ तहका पदपुर्ति गर्न पहल गर्दैन ? हड्तालका आयोजकहरुलाई स्वस्थ्य मन्त्रालयको तालाचावी दिइदै छ ?”
सुन्य समयमा बोल्ने अन्य सांसदहरुले आ–आफ्नो क्षेत्रको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद अतहर कमाल मुसलमानले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सम्पन्न गरि अलपत्र अवस्थामा रहेको लुम्बिनी देखि भैरहवा विमानस्थल हुदै कृष्णनगर सम्म जोड्ने हुलाकी सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद आशा कुमारी विकले बझाङ जिल्लाको एउटा नगरपालिका र ७ गाउ पालिकामा अझै पनि बैकिङ सु्विधा नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद उमा रेग्मीले राष्ट्रिय पोशाकका रुपमा पुरुषलाई दौरा सुरुवाल र महिलालाई साडीको व्यवस्था सरकारले अचानकै हटाएको भन्दै राष्ट्रिय पोशाक कायम गर्न माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्