
काठमाडौं,१६ भाद्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक आज स्वदेश प्रस्थान गरेका छन ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले विदाई गरेका छन ।
भुटानका विशिष्ट अतिथि वाङचुक गत बुधबार बिमस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका थिए।



















प्रतिक्रिया दिनुहोस्